
"हामी बिच कुनै विवाद छैन, हामी अहिले पनि संगै छौ " धुर्मुस र माग्ने बुढाले यसो भन्दा तपाइहरु लाइ लाग्ला कुनै फ्लिम को सुटिंग को बखत यीनीहरुले बोलेका होलान | हुन पनि हो यति धेरै हल्ला भै सक्यो कि मेरि बास्सै टिम छुट्यो भनेर कुरा गरेर साध्य नै छैन |
यहि हल्ला लाइ सार्थक जस्तै बनाउने अर्को कुरा भयो मेरि बास्सै को नया भाग सुटिंग नगरी पुरानै भाग देखाउनाले | केहि समय देखि मेरी बास्सैको सुटिंग भएको छैन पुराना भागहरु दोहोर्याइएको छ |
केहि मिडियाहरुले त मेरि बास्सै टिम टुक्रेको हो अब सिताराम (धुर्मुस) र माग्ने बुढा (केदार) आफ्नो छुट्टा छुट्टै कार्यक्रम लिएर आउने तयारी गर्दैछन भन्ने पनि खबर प्रकाशित गरे | असार सम्म मेरी बास्सै को पुराना भाग देखाउने र असार पछि भने अरु नया कार्यक्रम को लागि टेन्डर आह्वान गरिएको ले अब अरु कार्यक्रम आउने र मेरी बास्सै बन्द हुने खबर प्रकाशित भएको थियो |
तर कुरा अर्कै रहेछ | सिताराम र केदार बिच आपसी विवाद त होला तर मेरो बास्सै बन्द हुने अबस्था मा पुग्नु र नया भागको सुटिंग नहुनु मा चाही मिडिया हब दोषी रहेछ | नेपाल टेलिभिजन संग समय किनेर कार्यक्रम प्रसारण गरिरहेको मिडिया हबले मेरी बास्सै टिमलाइ तिर्नु पर्ने पैसा धेरै समय अघि देखी तिरेको रहेनछ | मिडिया हब को कारणले गर्दा चरम आर्थिक अभाब भोगेपछि कार्यक्रमको सुटिंग बन्द भएको रहेछ |
मेरी बास्सै मात्र होइन अरु हास्य टेली सृंखला तितो सत्य र जिरे खुर्सानीको पनि हालत उही छ | लोडसेडिंग र बजारबाट पैसा उठ्न बाकी रहेको भन्दै मिडिया हब ले पैसा नदिए पछि यी कार्यक्रम पनि बन्द हुने अबस्थामा पुगेको छ | स्रोत का अनुसार मिडिया हब ले तितो सत्यलाई बिगत ६ महिना अघि देखि पैसा दिएको छैन एक भाग को १ लाख ५० हजार तिर्नु पर्ने गरि जम्मा ३५ लाख रुपैया दिन बाकी रहेको छ मिडिया हबले |
त्यस्तै मिडिया हबले जिरे खुर्सानी टिमलाइ पनि ३० लाख भन्दा बढी रकम तिर्न बाकी रहेको छ | जिरेखुर्सानी का निर्देशक जितु नेपाल सधै यस्तो समस्या भै रहने बताउछन | सधै यस्तो हुन्थ्यो तर यो पटक चाही धेरै समय पैसा पाइएन | त्यहि भएर समस्याले चर्को रुप लिएको हो, धेरै हल्ला फैलिएको हो |
मेरी बास्सैमा सिताराम कट्टेलले धेरै भूमिका मा खेलेको र केदार घिमिरेलाइ समय धेरै नदिएको भन्दै दुबैमा फाटो आएको र कार्यक्रमको सुटिंग पनि छुट्टा छुट्टै हुने गरेको थियो भन्ने हल्लाले बजार तातेको थियो | तर उनै दुवै जना यो कुरा स्विकार्न मान्दैनन र भन्छन हामी बिच फाटो आएको भन्ने कुरा असत्य हो मिडिया हब ले पैसा नदिएको कारणले सुटिंग नभएको हो |
२८ लाख भन्दा बढी रकम लिन बाकी रहेको ले आर्थिक संकट भएर सुटिंग स्थगीत भएको हो | आर्थिक समस्या हट्ने बितिक्कै मेरी बास्सै पुन पहिले जस्तै सुचारु हुन्छ | बन्द नहुने कुरामा ढुक्क हुनुहोस |
मिडिया हब ले पनि पैसा तिर्न बाकी रहेको कुरा स्वीकार गरेको छ | मिडिया हबका निर्देशक सोम धिताल भन्छन " पैसा तिर्न बाकी रहेको हो | लोड सेडिंगले गर्दा र बजार बाट पैसा उठ्न बाकी रहेकोले पैसा तिर्न नसकिएको हो सुटिंग नै रोकिने गरि अप्ठ्यारोमा पर्ने काम गर्दैनौ |"
0 comments:
Post a Comment