
असार ५ – श्रीमान २ वर्ष देखि बैदेशिक रोजगारको सिलसिलामा मलेसियामा भएको र आफुले अबैध यौन सम्बन्ध राखी बच्चा जन्माए पछि समाजले के भन्ला भन्ने सोच्दै नवजात शिसुलाई खाल्डामा पुर्ने एक महिला पक्राउ परेकी छिन |
ताप्लेजुङ जिल्लाको साँवा गाविस ५ स्थायी घर भई हाल फुङ्लिङ गाविस १ देवलिङ्गे बस्ने फुलमाया विश्वकर्माले अबैध सम्बन्ध राखेर बच्चा जन्मिएपछि मकै बारी भित्र खाडल खनि गाडेकी थिइन |
छिमेकि तथा परिवारका सदस्यले थाहा पाएपछि उक्त बच्चाको जिवितै उद्दार गरेका छन् भने खाडलमा पुरेर मार्न खोज्ने महिलालाई प्रहरीसमक्ष बुझाएका छन् |
उक्त नवजात शिशुलाइ हाल जिल्ला अस्पताल ताप्लेजुङमा राखिएको छ | बच्चा मध्य रातमा जन्मिएको थियो |
0 comments:
Post a Comment