
घटना बुटवलको हो | सुनचादीको ब्यबसाय गर्दै जीविकोपार्जन गर्दै आएका एक ब्यापारी चन्द्रमान गहतराजले मंगलबार आफ्नै श्रीमतीको योनिमा खुर्सानी हालिदिएका छन् |
गत बिस दिन देखि क्रुर यातना दिदै आएका चन्द्रमानले मंगलबार राति ९ बजे सम्बन्ध बिच्छेद गरेर पनि घरबाट नगएको भन्दै गुण्डा लगाएर बलात्कार गर्छु भन्दै ४ जनालाई फोन गरेर ११ बजे घरमा आउनको लागि भनेका थिए |
उनले अर्को बिबाह गर्न बाटो खोल्नको लागि भन्दै मार्ने धम्की दिएर गत असार १ गते सम्बन्ध बिच्छेद गर्न लगाएका थिए |
राम्री भएकोले अरुले आखा लगाएको भन्दै खुर्पाले कपाल काटेर कुरूप बनाइदिएका थिए | पटक पटक खुकुरी देखाउदै मर्ने धम्कि दिने र शारीरिक हमला गर्ने चंद्रमंकी पत्नी अन्जुले बताइन |
कुटेको हुनाले अन्जुको शरिरभरि निल डामै निल डाम छ भने अनुहारमा चिथोरेको घाउ छ | मंगलबार राति ९ बजे एक्कासी गुन्डा लगाएर बलात्कार गरि भिडियो खिचेर प्रचार गरिदिन्छु भन्दै ४ जनालाई लाइ फोन गरे पछि अन्जुले बरु मार्नुस तर त्यसो नगर्नुहोस भन्दा अन्जुको योनिमा खुर्सानी हालिदिएका थिए |
त्यतिमात्र नभएर योनिमा चक्कुले योनिमा घोच्ने तथा शरीरका अन्य भागमा मुड्कीले हानेका थिए |
पाठेघरमा पनि घाउ लागेको अन्जुलाई छिमेकि तथा परिबारका अन्य सदस्यको सहयोगमा लुम्बिनी अन्चल अस्पतालमा उपचार को लागि लागिएको छ |
परिवारका अन्य सदस्य, छिमेकी, दलित महिला संघ, महिला मानव अधिकार आयोगलगायतको सहयोगमा अन्जुले उजुरी गरेपछि प्रहरीले चन्द्रमान लाइ पक्रेको छ |
यो भन्दा अघि पनि उअले आफ्नी पहिली श्रीमतीलाई मट्टीतेल खन्याएर घरमै मरेका थिए भने दोश्री श्रीमतीलाई घर बाट लखेटेका थिए |
0 comments:
Post a Comment