
जापानमा फेरी भूकम्प गएको छ | ६.१ रेक्टरस्केल मापन गरिएको उक्त भूकम्प US Geological Survey को अनुसार बिहान ५:३२ ( २०:३२ GMT) मा गएको थियो |
पुर्बी सेन्दईको १४० किलोमिटर हुदै गएको उक्त भूकम्पमा खासै क्षति भने भएको छैन | समुन्द्री तटमा भुकम्प आए पनि सुनामी भने आउने संकेत नभएको ए एफ पि ले जनाएको छ |
समुन्द्री तटमा आएको भुकम्पले तटीय क्षेत्र हल्लाएको थियो | भूकम्पको केन्द्र बिन्दु उत्तरी अक्षांस ३९.० डिग्री र पूर्बि देशान्तर १४२.१ र गहिराई ४० किलो मिटर थियो |
गएको वर्ष मार्च महिनामा समुन्द्र मुनि आएको ९.० रेक्टरस्केलको भूकम्पले गर्दा सुनामी आइ १९०००० भन्दा बढी मानिसहरु हराएका तथा कयौ व्यक्ति को मृत्यु भएको थियो |
0 comments:
Post a Comment