असार ४ - (फ्रीसंसार ) प्रधान मन्त्रि बाबुराम भट्टराई काम चलाउ मात्रै भएको र कामचलाउ प्रधान मन्त्रीले अन्तरास्ट्रिय सम्मेलन मा भाग लिन जान नमिल्ने भन्दै बिपक्ष दलका कार्यकर्ताहरुले नाराबाजी गर्दै प्रदर्शन गरेका छन् |
प्रदर्शनकारीले अथिति सत्कार गर्ने समान लिएर एयरपोर्ट जादै गरेको ब १ झा ५४५३ नम्बरको सरकारी गाडीमा तोडफोड गरेका छन् |
प्रधानमन्त्रिलाइ कालो झण्डा देखाउने क्रममा नेबिसंघका केहि बिद्यार्थी पक्राउ परेका छन् | प्रदर्शन ले बिमानस्थल वरपरको यातायात प्रभाबित बन्न पुगेको छ |
प्रधानमन्त्री ब्राजिलको रियो दि जेनेरियोमा आयोजितअन्तर्राष्ट्रिय वातावरण तथा दिगो विकाससम्बन्धी सम्मेलनको कार्यक्रममा भाग लिन जाँदैछन् ।
परराष्ट्रको एक कर्मचारी गए पनि हुनेमा काम चलाउ भैसकेका प्रधानमन्त्री जान नहुने भन्दै बिपक्षी दलका कार्यकर्ताले बिरोध गरिदै आएका थिए | जति बिरोध गरे पनि आखिर प्रधान मन्त्रि कडा सुरक्षा बिच बिमानस्थल प्रवेश गरिसकेका छन् |
0 comments:
Post a Comment