आखिर टुक्रा टुक्रा भएर नै छाड्यो माओबादी

By
Advertisement

असार ४ – लामो समयदेखि बैचारिक रुपमा दुई धारमा उभिएको एकीकृत नेकपा माओवादी आज जेठ ४ गतेदेखि औपचारिक रुपमा दोस्रो पटक टुक्रीएको छ । स्मरण रहोस माओबादीबाट यसअघि पनि छुट्टिएर मातृका यादवले पुनर्गठित नेकपा माओबादीको संयोजन गरेका थिए |

यस संगै देशमा माओबादी पार्टीको संख्या तिनवटा पुगेको छ, एउटा एकिकृत माओबादी (संस्थापन पक्ष), दोस्रो पुनर्गठित नेकपा माओबादी र तेस्रो आजबाट नयाँ थपिएको नेकपा, माओवादी (बीचमा कमा) (वैद्य पक्ष) |

दुई दिनअघिदेखि राजधानीको बौद्धमा रहेको शेर्पा मलमा भएको वैद्य पक्षीय राष्ट्रिय भेलाले पुरानो पार्टीको औचित्य समाप्त भएको र पुरानो पार्टीले क्रान्तिको लाइन छोडेको भन्दै माओबादी र कांग्रेस, एमालेमा फरक हटेको निचोड सहित नया पार्टी गठनको प्रस्तावलाई सर्वसम्मत रुपमा पारित गरेपछी आजबाट औपचारिक रुपमा बिभाजन भएको हो |

संस्थापन पक्ष(प्रचण्ड)ले दिउसो पार्टीलाई फुट्नबाट जोगाउन सल्लाह गर्न बोलाउदा वैद्यले ठाडै अस्विकार गरेका थिए यद्यपी वैद्य पक्षले संस्थापन पक्षसँग पनि छलफल भने जारी राख्ने जनाएको छ ।

स्मरणीय छ लामो समयदेखी बैचारिक रुपमा चिरामा रहेर फरक समुह(गुट)को रुपमा क्रियाशिल रहेको माओवादीका उपाध्यक्ष बैद्य पक्षले माओवादी संस्थापन पक्षले पार्टीको क्रान्तिकारिता गुमाएको र संशोधनवादी धारमा परिणत भएको आरोप लगाउँदै संस्थापनको हरेक क्रियाकलापको विरोध जनाउँदै आएको थियो ।

यद्यपी संस्थापन पक्ष(प्रचण्ड पक्ष)ले बैद्य पक्षलाई पार्टी फुटाउन ठाडो चुनौती भने दिन सकेको थिएन |

त्यसो त संस्थापन पक्ष भनेर प्रचण्ड पक्षलाई भने पनि २०४३ सालतर्फ फर्केर हेर्ने हो भने सेक्टर काण्ड अगाडिको अवस्थामा बैद्य नै संस्थापन पक्ष हुन जान्छन | २०४३ सालको चुनावमा वैद्यले पार्टीमा निर्णय नै नगराई प्रहरीचौकीमा विस्फोट गर्न निर्देशन दिएपछि यसको विरोध भएको थियो जसलाई सेक्टर काण्डका रुपमा चिनिन्छ |

२०४३ सालको यहि सेक्टर काण्डमा आफ्नो गल्ती महसुस गर्दै आत्मालोचनासहित वैद्यले नेकपा मशालको महामन्त्री पद त्यागेपछि पार्टीमा उनैका चेला छबिलाल उर्फ पुष्पकमल दाहाल उर्फ प्रचण्डले रिक्त स्थानमा पदपूर्ति गरेका थिए | २०४३ सालको त्यही मशाल नै अहिलेको नेकपा माओवादी हुदै एकिकृत नेकपा माओबादी भएको हो। त्यही पार्टीमा अहिले वैद्य अढाइ दशकअघिको आफ्नो गल्तीले गुमेको आफ्नो भूमिका खोजिरहेका छन्, जसमा माओबादीका सदस्यहरुले पनि साथ दिइरहेका छन् |

0 comments:

Post a Comment