अमर बहादुर लाइ बचाउन अपिल

By
Advertisement

असार ४ (फ्रीसंसार) - बैदेशिक रोजगारमा युएई पुगेका दार्चुलाका एक नेपाली अमर बहादुर बमलाइ युएई सरकारले मृत्यु दण्ड सुनाएको छ |


भारतीय मुलका शरद सेट्ठीको हत्यामा उनको संलग्नता छ भन्दै सन् २००३ मा नै दुबइ प्रहरीले उनलाई पक्रिएको थियो | हाल उनि जेल मै रहेको र उनलाई बचाउन संम्पुर्ण नेपालीलाइ नेपाल विश्व सहयोग संघले आह्वान गरेको छ |

नेपाल विश्व सहयोग संघले 'सेभ अमर इन्टरनेसनल नेटवर्क' गठन गरि देश विदेश बाट रकम संकलन गरिरहेको छ | हालसम्म संकलन भएको रकम रु ५०,००० दार्चुला स्थित उनको पत्नी धनिसरा बमलाई हस्तान्तरण गरिसकिएको छ |

संघले नेपाल सरकार, प्रधानमन्त्री तथा रास्ट्रपतिन लाइ पनि अमर बहादुर लाइ बचाउन पहल गर्न अनुरोध गरेको छ |

0 comments:

Post a Comment