यसरि मुर्गा बनाए शोभीत बस्नेतले जेकेलाई

By
Advertisement
हिन्दी सिनेमामा एक नायकले फिल्म खेले बापत करोडौ रुपैया लिन्छन, तर नेपाली सिनेमामा यस्ता कलाकार पनि छन् जो लगानी गरेर पनि पारिश्रमिक नपाएर चिन्तित भएका छन् लगानी गरेकोमा पछुताएका छन् |

आफुले दु:ख गरेको सिनेमाबाट पारिश्रमिक पाउनु त कता हो कता लगानी गरेको रकम पनि नपाउदा नायक जेके भौतारिरहेका छन्|


सामान्यतयाः दुःख गरेर सिनेमा खेलेपछि पारिश्रमिक पाउनुपर्ने हो । तर, नेपाली सिनेमा भित्र केही यस्ता कलाकार पनि छन् जो पैसा लगानी गरेर सिनेमा खेल्छन् र पछि पछुताउँछन् । चलचित्र दुलही रानीमा ३ लाख रुपियाँ लगानी गरेर नायक वनेका जेके शर्मा अहिले त्यही नियति भोगिरहेका छन् ।

सुरुमा ३ लाख रुपैयाँ लगानी गरेका शर्मालाई चलचित्र निर्देशक शोभीत बस्नेतले धोका दिएपछि उनी अहिले विभिन्न निकाय गुहार्न थालेका छन् । दुलही रानीको भीसीडी राईट्सवाट तीन लाख रुपैयाँ जेकेलाई दिने सहमतीका साथ शोभीतले ३ लाख रुपैयाँ लिएर सिनेमा खेलाएका थिए ।

तर शोभितले बिना जानकारी नै एकलौटी रुपमा भिसिडी राइट्स बुढासुब्बा म्युजिकलाई बेचेर सबै पैसा लिइसके पनि जेकेलाई भने सम्झौता अनुसार पैसा नदिएकै कुरामा शोभितसंग भनाभन पनि परेको स्रोत बताउछ | यहि भनाभनपछी 'जाउँ हिंड पोखराको" सुटिंग पनि बिचमै छोडेर पैसा नपाउन्जेल सेटमा नफर्किने अड्डी कसेर काठमान्डौ आएका छन् | हेरौ यी लगानीकर्ता हिरो कतिन्जेलसम्म अडिग रहन्छन |

0 comments:

Post a Comment