मानिसलाई पानीको महत्व थाहा छैन | जब उ मरभुमिमा हुन्छ र तिर्खाएर छट्पटिएको हुन्छ तब मात्र पानीको महत्व थाहा हुन्छ | त्यस्तै Bliss , आनन्द भनेको कुरा पनि यस्तै भएको छ , आजको मानिसलाइ पैसा चाहिएको छ | पैसा भए सबै कुरा पाइन्छ, म तृप्त हुन्छु भनेर उ सोच्छ तर जति पैसा पाउदा पनि उ सन्तुस्ट हुन सक्दैन र जिबन भर पैसाको पछि लाग्छ | अनि पैसा भन्दा भन्दै मर्छ |
वास्तबमै पैसा यस्तो चिज हो जुन नभई पनि हुन्न र पछि लाग्यो भने जति भए पनि पुग्दैन | पैसा यस्तो चिज हो जसमा विश्वका ९७% मानिसहरु पछि लागेका हुन्छन | मुस्किलले २-३ % मनिशहरु यो बिना नै गुजारा चलिरहेका हुन्छन, अर्थात् यिनीहरु पैसाको पछि लागेका हुन्नन्, यिनलाइ शान्ति चाहिएको छ, आनन्द चाहिएको छ, हामी पैसा मा आनन्द खोज्छौ, पैसा मा शान्ति खोज्छौ अनि कहाँ बाट शान्ति पाउन सक्छौ ? कहाँ बाट आनन्द पाउन सक्छौ ?
पैसा मा त शान्ति नै हुन्न, आनन्द नै हुन्न, जहाँ शान्ति, आनन्द नै छैन त्यहाँ शान्ति खोजेर कहाँ पाइन्छ ? हामी कति मुर्ख रहेछौ त ? जहाँ छैन त्यहि खोज्ने | कति सानो कुरा पनि नबुझ्ने हामी ?? जुन कुरा त्यहाँ छैन त्यहि त्यसमा खोज्ने ??
बास्तबमा भन्ने हो भने हामीलाई पैसाको पनि महत्व थाहा छैन , कुनै पनि कुराको limit ( सिमा ) हुन्छ | तर हामी पैसा जति पायो त्यति धेरै खोज्छौ | कति मात्र लिने भन्ने कुनै टुंगो नै छैन | भनिन्छ अतिले खति हुन्छ | हो सिमा नभए पछी अति नै हुन्छ र त्यसको फलस्वरूप हामी अशान्त बन्न पुग्छौ, हाम्रो जिबन आनन्द बाट टाढा जान्छ |
त्यसैले हामी शान्ति, आनन्द प्राप्त गर्न चाहन्छौं भने हामीले सिमा मा रहेर कम गर्न सिक्नु पर्छ पैसा नै ठुलो हो र यसले सबै कुरा प्राप्त गर्न सकिन्छ भन्ने सोच्नु हुन्न | पैसा नभई नहुने कुरा हो तर यसको लागि आफ्नो ज्यान फल्ने काम गर्नु राम्रो होइन | जिबन भएमा मात्र पैसाको अर्थ छ भन्ने मनन गर्नु पर्छ | तब मात्र जिबन राम्रो संग चल्न सक्छ | आनन्द संग जिबन यापन गर्न सकिन्छ |
getting bliss id not easy, you must leave tension and feel happy, you must n't think about other than you,
ReplyDelete