होसियार जाला ज्यान, बढ्दैछ BIRD FLU को सन्त्रास !

By
Advertisement
नेपालका विभिन्न ठाउँहरु इलाम, सुनसरी, झापा लगायतमा बर्ड फ्लू फेला परेपछि त्यहाँ सयौँ हाँस कुखुरा तथा पंक्षीहरु नष्ट गरिएको छ । यसरी नेपालका विभिन्न ठाउँहरुमा बर्डफ्लू फेला परिरहेको अवस्थामा भियतनाममा भने बर्ड फ्लू मानिसमा सरेपछि त्यहाँ दुई जनाले ज्यान गुमाउनु परेको छ ।

 हाँस कुखुरा तथा पंक्षीमा देखिने यो रोगका कारण भियतनाममा दुईको मृत्यु भएपछि अधिकारीहरुले एसियाका अन्य मुलुकहरुमा पनि फैलन सक्ने भन्दै सचेत रहन आग्रह समेत गरेका छन् ।
यो आग्रहलाई हेलचेक्राई गर्ने हो भने नेपालमा पनि यसको खततराको घण्टी बज्न कुनै बेर कुर्नुपर्दैन ।हामी त्यसका लागि जहिलै चनाखो रहनु नै उत्तम एक मात्र उपाय हो भने सरकारी पक्षले यसमा झनै उच्च सतकर्ताका साथ काम गरिरहनु पर्दछ । भियतनाममा बर्डफ्लु मानिसमा सरेपछि राजधानी हनोइ लगायत अन्य प्रान्तहरुमा पनि फैलनसक्ने आशंकामा करीब ३ हजार हाँस नष्ट गरियो । 

सो क्षेत्रमा अहिले उच्च सतर्कता अपनाइएको छ । तर नेपालमा भने यसरी ठाउँ ठाउँमा बर्ड फ्लू फेला पर्दासमेत यसलाई सामान्य लिइनु गल्ति हुन जान्छ । गत डिसेम्बर यता मात्रै बर्डफ्लुका कारण कम्बोडिया, इन्डोनेसिया, इजिप्ट र चीनमा गरी आठ जनाको मृत्यु भइसकेको छ । यो रोग पंक्षीहरुबाट मानिसमा सरेमा ज्यान जान्छ । त्यसलै सरकारले उच्च सतर्कता अपनाउनु पर्ने देखिन्छ । नेपालको पनि इलाम, झापा, पाँचधर, सुनसरी लगायतका क्षेत्रमा बर्डफ्लु फेला परेको अवस्थामा उच्च सतर्कता कमी छ । त्यसो त राजधानीमा पनि कागहरु मर्न थालेको जनाइन्छ तर सरकारी पक्षले भने राजधानीमा बर्ड फ्लु नभएको दाबि गरेको छ ।

 जे होस यहाँ अहिले नै बर्ड फ्लू फेला नपरेपनि जति बेला पनि आउने सक्ने सम्भावनाको दैलो खुल्ला छ त्यसेलै आफै सचेत हुनु नै उत्तम उपाय हो ।

                               बर्ड फ्लूबाट बच्ने उपायहरु

- तपाईं बस्ने वरपर कुनै पनि पंक्षी मरेको देख्नेवित्तीकै सचेत हुनुहोस्, आफैं जान्ने भएर टिपेर फ्याल्नेतिर नलाग्नुस् ।

- आफ्ना बालबालिकालाई त्यस्ता पंक्षीहरुको छेउछाउमा जान नदिनोस् ।

- कुखुरा तथा पंक्षीको मासु मज्जाले धोएपछि राम्ररी पकाएर मात्रै खाने गर्नुहोस ।

- तपाईको टोल छिमेकमा कुखुरा तथा पंक्षीहरु मरेको देख्नु भएको छ भने तुरुन्तै सरकारी अधिकारी तथा सम्बन्धित स्थानीय निकायहरुमा खबर गरि जानुहोस ।

- यसरी तपाईको टोल छिमेकमा कुखुरा तथा पंक्षीहरु मरेको थाहा पाउनु भयो या शंका लाग्यो भने माक्स लगाएर हिड्नुहोस ।

बर्डफ्लू मानिसमा सरेमा महामारीको रुप लिन सक्छ, अहिलेसम्म मानवमा बर्डफ्लू (avian influenza virus H5N1) सरि सकेपछि उपचार गर्ने विधि नेपाल भित्रिइसकेको छैन स्वास्थ्यभन्दा ठूलो कुरा केही छैन ।

0 comments:

Post a Comment