Happy Valentine's Day

By
Advertisement

Saint Valentine's Day, commonly shortened to Valentine's Day, is a holiday observed on February 14 honoring one or more early Christian martyrs named Saint Valentine. It was first established by Pope Gelasius I in 496 AD, and was later deleted from the General Roman Calendar of saints in 1969 by Pope Paul.
प्रणय दिबस,

पश्चिमेली सभ्यताको अनुशरण गरी मनाइने प्रणय दिबसमा कार्डहरु दिने, आफ्नो जोडीसँग घुम्न जाने गरेर मनाउने चलन छ । आजको दिनमा आफुलाई मन परेकोलाइ प्रेम प्रस्ताब राखेमा रिसाउदैनन् भन्ने मान्यता छ । आजको दिनमा कसैले तपाईंलाई रातो गुलाफको फुल दियो भने सम्झनुस् तपाईंलाइ कसैले माया गर्छ,

कलेजी रङको गुलाफ दियो भने—फुल दिनेले उ भित्र भएको मुटु तिम्रै लागि धड्किरहेछ भन्ने बुझाउन खोजिरहेछ भन्ने बुझ्नु होला, यदि कसैले तपाईंलाई कालो रङको गुलाफको फुल दिन्छ भने उस्ले तपाईंसँगको सम्बन्ध तोड्न जाँदै छ भन्ने बुझ्नु होला । यो दिबस सबैले आ-आफ्नो तरिकाले मनाउछन्, कोही यो दिनमा प्रेमको अन्त्य भएको भनि दुखित भएर मनाउछन भने कोहि आ-आफ्नो जोडीसँग घुम्न गएर, एकाले अर्कैलाई किस गरेर खुसि साथ मनाउँछन । अमेरिका , बेलायतिर खुला रुपमा नै यो दिबस मनाइन्छ यसै दिनमा बिभिन्न देशहरुमा किस प्रतियोगीता समेत हुने गर्दछ । एसियन देशहरुमा परिवार तथा समाजको कारणले गर्दा लुकिछिपी यो दिबश मनाउने गरेको पाईन्छ । खास गरी यो दिबस अविवाहित युवायुवतिले मनाउने गर्क भए पनि हिजो आज विबाहितहरुले पनि मनाउने गर्दछन् ।

ल त तपाईंहरु पनि प्रणय दिबस मनाउनु हुन्छ होला , तपाईंहरु सबैलाई प्रणय दिबसको शुभकामना !
Source: old house

0 comments:

Post a Comment