- NepaliGal(ROse4Ever)
नटिप हेर कसैले मलाई
म त ओइलाई झरेको फूल हुँ
मेरो कर्म यस्तै छ,मर्म नलेउ
सिर्जनाको एक महाभुल हुँ
कुनै फूलमा बस्न पाउछौ भने
नशम्झ मलाई म त्यसतै छु
मेरो त गन्ध आउछ,दुसित बनाउला
आभागी हु म यस्तै छु
पबित्र मन्दिरमा सिगारिउला
त्यो अब मलाई आश छैन
सडि गली झरीसके
मुठि भरी पनि श्वास छैन
माया र ममता चाहिन्न अब
पिर्थ्बिकै काखमा पडिरहन देउ
कसैले खुटटाले कुल्चे पनि
हट नभन उसलाइ,कुल्चन देउ
धेरै वर्ष अघि नेपाली गर्ल( च्याटमा उपनाम, वास्तबिक नाम नै थाहा छैन )ले यो कविता लेखेकी थिइन | नेपाल न्युजको च्याटमा कुरा हुदा जस्तो लाग्छ | उनको यो कबिता याद आयो र तपाइहरु माझ प्रस्तुत गरे |

0 comments:
Post a Comment