Budhes Kaalaima - Buddhi Sagar Basyal

By
Advertisement
Song: Buidhesh kalimaa
Singer: Buddhi Sagar Basyal
Music:
Lyrics:

This song is for those parents who have been left by their son and daughter because they can't work and they are dependent.

न सकिन्छ गरि खान न सकिन्छ मरी जान बुढेशकालैमा
छोरा नाति कन कन गर्छन बुहारीले आँखा तर्छन बुढेशकालैमा


शिरको फुल ओइलाइएर भुइमा झर्दो रैछ
जति दुख परे पनि बस्नै पर्दो रैछ
पराइ पनि आफ्ना हुन्छन जिउमा बल हुँदा
कठै भन्ने कोहि हुन्नन् नसकेर रुंदा
बुढेश कालैमा ...........


न सकिन्छ गरि खान न सकिन्छ मरी जान बुढेशकालैमा

खर को छानो चुहिदै गयो पानी ओतिएन
भित्ता भरि लेऊ लाग्यो घर पोतिएन
भकारीमा केहि छैन बाँझै रह्यो बारी
जति उमेर ढल्दै गयो उति पिरको भारी
हो बुढेशकालैमा

न सकिन्छ गरि खान न सकिन्छ मरी जान बुढेशकालैमा

बुहारी :: पानी खान मन लागे उत्याँ धारा छ खाने

छोरा :: पशुपति दर्शन गर्न जाने जाँउ

आँखा कम्जोर हुदै गयो सुन्न छोडे कान
रोगि शरिर भयो हजुर केहि हुदैन खान

उठ्न पनि सक्न छोडें, कसले देला पानी
यस्तो भै बाच्नु पर्ने कस्तो जिन्दगानी
हो बुढेस कालैमा ....

न सकिन्छ गरि खान न सकिन्छ मरी जान बुढेशकालैमा
छोरा नाति कन कन गर्छन बुहारीले आँखा तर्छन बुढेशकालैमा

बाबु :: तैले यो कहाँ ;ल्याइस ??
छोरा : तपाई येही बस्नुस राम्रो हुन्छ है !




Watch online Budhes Kaalaima - Buddhi Sagar Basyal कतै तपाइ हामीले पनि आफ्ना आमा बुवालाई यस्तै चोट पुर्याउने काम गरेका त छैन ?? एक पटक राम्रो संग सोचौं है | अरुको लहै लहै मा लागेर वा जानी नजानी आफ्ना आमा बाबुको मन दुखेका त छैन ? कतै बुढा बाबु आमालाई तपाइ हामिले बोझको रुपमा ली रहेका त छैन ?

आफुलाई जन्म दिने हुर्काउने बढाउने आफ्ना आमा बाबुलाई माया गर्न सिकौ | बाबु आमाको आसिर्बाद पाएमा सधै सफल हुन सकिन्छ | एक पटक सोचौं त त्यो क्षण" तपाई हामीलाइ पालन पोषण गरि यति सुख दिन बाबु आमा ले कति कष्ट भोग्नु भएको छ ? भनिन्छ आमाबाबुको मन छोराछोरी माथि छोराछोरीको मन ढुंगा मुढा माथि कतै त्यस्तै त भै रहेको छैन ?

सोचौं विचार गरौँ भोलि हाम्रा पनि छोरा बुहारी हुन्छन, भोलि तिनीहरुले पनि तपाई हामी माथि त्यस्तै व्यवहार गरे भने ..... के हालत हुन्छ विचार गरौँ |

0 comments:

Post a Comment