झट्ट हेर्दा निक्कै धनि जस्तो लाग्छिन उनि .. कुनै मोडलले जस्तो महँगो कपडा लगाएर झकीझकाउ बनेर हिड्ने, अंग्रेजी बोल्ने र चुरोट पिउने उनि प्राय: महंगा होटलहरुमा देखिन्छिन | उनि महंगा होटेलमा कुनै काम वा घुम्न गएर बसेको नभई चोरी गर्न पो जाने रहेछिन |
उनि महंगा होटेलको रूम हरु बुक गरि त्यहाँ आउने पाहुनाको सामान चोर्ने गर्दछिन | होटलमा आउने पाहुनाहरु कसले कति सम्पत्ति र रकम बोकेको छ भन्ने चियो गर्ने काम हुन्छ उनको दिन भरि | पोखराको लेकसाइट का महंगा होटलहरुमा आएका पाहुनाको सुन तथा रकम चेरेको आरोप मा पक्राउ परेकी छिन उनि |
गोर्खा घर भएकी २१ बर्षकी पुजा थापा मगरलाई बाथरुमको झ्याल बाट छिरेर भाग्दै गर्दा पक्राउ गरिएको प्रहरीले बताए | उनको साथमा भएको ढोकाको लक खोल्ने सामग्री पनि थियो |
उनको चोरी गर्ने शैली पनि निक्कै फरक छ | पहिला मोटो रकमवाला पाहुनाको पहिचान गर्ने गर्दछिन | त्यसपछि त्यहि व्यक्तिको नजिकै कोठा सार्छिन र उक्त व्यक्तिको कोठा बाट चोरी गर्ने गर्दछिन |
उनि प्राय सधै एयर कण्डिसन (एसी) रुम खोज्ने गर्दथिन | हेर्दा खान्दानी परिवारको जस्तो देखिए पछि होटल संचाक्लक ले पनि सजिलै उनलाई कोठा उपलब्ध गराएका थिए | काठमाडौँ बस्ने भए पनि गत चैत देखि हरेक मनिनको एक साता पोखराको होटेल बुक गर्दै चोरी गर्दै गरेको उनले प्रहरीसमक्ष स्वीकार गरेकी छिन |
पोखरामा उनले चार तौला सुन, झण्डै तीन लाख रुपैया चोरी गरेको उजूरी परेको प्रहरी बताउछन् | केहि समय अघि ब्युटीपार्लरमा काम गर्ने बहानामा ३ तोला सुन र ५० हजार रुपैया चोरेर उनि फरार भएकी थिइन |

0 comments:
Post a Comment