रकम हिनामिनाको प्रश्नले बैठक अबरुद्ध

By
Advertisement
एकीकृत नेकपा माओवादीको जारी विस्तारित बैठकमा लडाकुहरुले शिविरमा भएको रकम हिनामिनाबारे प्रस्ट पार्नुपर्ने माग राखेपछि बन्दसत्रको नियमित प्रकृया नै अवरुद्ध भएको छ। खानपछि २ बजेदेखि सुरु हुनुपर्ने बन्दसत्र लडाकुकको मागका कारण हुन नसकेको छलफलमा सहभागी एक प्रतिनिधिले नागरिकन्युजलाई जानकारी दिए।

विस्तारित बैठकमा तेस्रो डिभिजन शक्तिखोरबाट आएका प्रतिनिधिहरुले हिसावकिताव र रकम अपचलन गर्ने कमाण्डरलाई ल्याएर जवाफ दिलाउन माग गरेपछि बैठक प्रभावित भएको हो । हिजोबाट सुरु भएको बैठकको पहिलो सत्र बिहान ११ बजेदेखि सुरु भएको थियो। पहिलो सत्रमा अध्यक्ष पुष्पकमल दाहालको प्रतिवेदनमाथि सामुहिक छलफल भएको थियो। दोस्रो सत्रमा लडाकुले रकम हिनामिनाबारे जानकारी मागेपछि छलफल प्रभावित भएको हो।

सेना समयोजनका क्रममा समेत शक्तिखोरका लडाकुहरुले रकम हिनामिनाको प्रश्‍न उठाउँदै सिविर बाहिरै निस्केर विरोध जनाएका थिए।

0 comments:

Post a Comment