परदेशीको दशैं

By
Advertisement
--नील खड्का


यसपल्ट त्यस्तै भयो, आउने आशा मार्नु होला !
टीका लाउने साइतमा, फोटो पर सार्नु होला !!

कहिले आँसु कहिले हाँसो, यस्तै रै'छ जिन्दगानी !
हुन्न जित सधैंभरि, यस वर्ष हार्नु होला !!

याद आउला घरिघरि, कोठा मेरो रित्तै देख्दा !
भुल्नू मलाई दसैंभरि, बरु कोठा बार्नु होला !!


   

नदुखाउनु चित्त धेरै, बाँचे आउँला अर्को दसैं !
पराइले देख्लान् फेरि, लुक्दै, आँसु झार्नु होला !!

पाइन मैले अहिलेको साल, दसैं खर्च पठाउन !
ऋणसापट गरेर नि, दुःख सुख टार्नु होला !!

2 comments:

  1. Nice Lekh
    Anyway Happy Dashain

    ReplyDelete
  2. बडा दशैको उपलक्ष्यमा नील सरलाई जता भेटे त्यतै शुभकामना !!!

    ReplyDelete