मेरो मृत्यु दैब भाग ३

By
Advertisement
३­-४ महिना पछि म घर जादैँ थिएँ । बसन्त ऋतुको समय चारैतिर ढकमक्क फूलहरु फुलेका थिए तर पनि मलाई यो गाउँ पुरै उजाड मरुभूमि झैँ लागिरहेको थियो । सन्ध्याकालीन समय सूर्य पारि क्षितिजमा पुग्न लागेको थियो । मेरो साथमा रहेका आफन्त जन्ती भनाउँदाहरु मेरो जीउदो लासको मलामी हिँडे झैँ लागिरहेको थियो । म आफुपनि आफ्नै मलामी आफै हिँडे झैँ भइरहेको छ । आजको यो दिन मेरालागि दुःखै दुःख पिडैं पीडा रोदन र चित्कारका बचन मन मुटुभरि गुन्जिरह्यो   । मेरो मुटु सिसाको टुक्रा झैं टिुक्रयो मेरो मन कताकता उर्लिएको बाढी भयो । यात्रा अघि बढ्ने क्रममा हाम्रो घर नजिकै पुग्दै छ तर पनि मेरो मनले बोल्दा बोल्दै पनि विवषताको डोरीले डोर्यायो विडम्बना उर्लियो ।

यात्रा घरको छेउमा पुग्यो घरमा गाउँका प्राय सबै व्यक्तिहरु थिए तर सबै व्यक्तिहरु रुँदै कराउँदै थिए मलाई त लाग्यो मेरो दुःखमा सबैले साथ दिइरहेछन । बिचरी ! रोजिना मेरो मुखमा हेरेर मेरो रुवाइमा साथ थिइन् । मलाई आजको दिन सपना हो या विपना हो पत्तै भएन । आजको क्षण के भयो के हुन्छ के भइरहेछ किन भइरहेछ मनमा खुल्दुली चम्की रहेछ । त्यतिकैमा आन्टीले मेरो हातमा समाउँदै छिटो छिटो उता लग्नु भयो ।
तुलसीको मोठ नजिकै मेरी आमा लम्पसार भुइँमा पल्टिरहनु भएको रहेछ म तर्सीए । मेरी आमाले अन्तिम स्थितिमा बसन्त बसन्त भनि रहेको सुनेँ म आमाको छातीमा मुन्टो राखेर रुन थालेँछु ।
"आमा ! आमा ! तपाईंले यो के गर्नु भयो मलाई यसरी दुःखमा नपार्नुस । आमा मैले तपाईको अन्तिम इच्छा पुरा गरिदिएँ आमा ।" मैले भनेँ ।
"बाबु बसन्त मेरो ढिपीले तेरो इच्छा विपरीत विवाह भयो पीर चिन्ता नगरेस् बाबु म त मरिहाल्छु तर तैँले घर व्यवहार सम्हाल्नू बुबालाई दुःख नदिनू गाउँमा राम्रो गर्नु । बुहारी नानीलाई यता बोलाऊ बाबु म अन्तिम कुरा गर्छु" आमाले बल्लबल्ल मनका कुरा गर्नुभयो ।
"रोजीना हिजो सम्म तिमी बच्ची थियौ म माइत जाँदा नानु भन्थँ मैले पहिल्यै बचन थिएको थिएँ तर बसन्त लाई थाहा थिएन । अब तिमीले यो घर सम्हाल्नु पर्छ । तिमिले बसन्त रुपा र बुबाको राम्रो विचार पुर् याउनू । यस परिवारमा म नरहेपनि म मरि गएपनि मेरो कमी हुन नदिनू गाउँ समाजमा नराम्रो नसोच ल ! अब मलाई तिमिले र बसन्तले एक चम्चा पानी देऊ ! आमाले अन्तिम कुराहरु मलाई र रोजीनालाई भन्नुभयो ।
हामी दुबैले आमालाई पानी खुवायौं । आमाले हामी दुइको काखमा परेर अन्तिम स्वास फेर्नुभयो । आमाको प्राण मेरो र रोजीनाको हातबाट पानी खान अडेको रहेछ । कस्तो दिन हो यो आजको यस्तो दिन किन मैले मात्र भोग्नु परिरहेछ किन मलाई मात्र यो कष्टदायी संकट छाईरहेछ । यस घरमा आज त झन मेरो विवाहको रमझम हुनु पर्ने तर विडम्बना विवाहको चाँजोपाँजो भित्रीन नपाउदै आमाले हामीलाई छोडेर गएको क्षण सबै गाउँका व्यक्तिहरु मेरो र रोजीनाको मुखमा हेरी बसेका । रोजिना मूर्छा परीपरी रोएकी फुच्ची रुपा झनझनै डाँको छोडेर रोएको क्षण बुबा पनि एक छेउमा उर्लिएको खोलाझै आँखामा आँशु पार्दै बस्नु भएको आन्टी रोजीनालाई काखमा राखी रुनु भएको यो क्षण यो पल यो घरमा सुख शान्ति कतै रहेन ।
आमाले बाल्य अवस्थामा गरेको अघात माया प्रेम स्नेह सुखका दिनहरु आँखा वरिपरि घुमिरर् यो अब मलाई आमाको माया कस्ले दिन्छ किन हामीलाई अहिल्यै छोडेर गएको होला के गल्ति गर्यौँ हामीले किन मलाई जन्म दिएको आमा म टुहुरो अब के गरी बाँच्ने अब के हालत हुन्छ मेरो आमा मैले तपाईलाई के पीडा दिएको थिएँ तपाईले भनेको काम मानेकै थिएँ अब म कसरी बाँचौ म रोएँ धेरै रोएँ । रोजिना पनि धेरै धेरै रोएकी थिइन् फुच्ची रुपा त एकोहोरो रुवाइमा झनझनै पागल बन्दै गएकी थिई । म पनि रुवाइले बोल्न नसक्ने भइसकेको थिएँ ।
"आमा मैले तपाइर्ंको सेवा गरिन
तपाइर्ंको अन्तिम स्थितिमा अघिपरिनँ
तपाईंको सेवा गर्न पाइन
तपाईंले खोज्दामा म आइन"
म एकान्तमा मन विनाको मान्छे जस्तो उभिरहेँ रोहिरहें एक्लै बसी चुरोट सल्काउँदै फसफसी रेल झैं धुवाँ उडाइरहेँ । चुरोट भनेपछि टाढा रहने म आज लगातार एकपछि अर्को अर्को पछि अर्को चुरोटको धुवासंगै उडिरहेँ उडिरहेँ …………।
आमाको अन्त्येष्टीको तयारी हुँदै थियो एकोहोरो शंखको आवाजले मेरो मनमा करेन्टको झड्काले हाने झैँ हान्यो । म को हुँ म कहाँ हिँडिरहेछु के भइरहेछ आज यी प्रश्नहरु मेरो मनमा उठिरहे । आमाको पार्थिव शरीरलाई चिता माथि राख्दा त म बेहोस भएछु । बल्ल तल्ल पानी हालेर विस्तारै होसमा आएछु र अंकलले हातमा समाएर आमाको त्यो चन्द्ररुपी मुहारमा जल्जलाउँदो बत्ति बाल्न लाउँदै हुनुहुन्थ्यो । मैले मेरा पापी हातमा बलेको बत्तिलिएर फुट्न नसकेका आँखा चिम्लिएर त्यो बत्ति आमाको मुखमा राखँे । अंकलले विस्तारै डोर् याउदै पाटीको सिँढीमा लानुभयो मैले आँखा खोले मैले बालेको बत्तिले आमाको त्यो पार्थीव शरीर पूरै बलिरहेको थियो जलिरहेको थियो म पनि त्यही चीतामा सँंगै बलाँै बलाँै भएको थियो । यो रातको समय चितामा बलेको अथाहा आगोको मुस्लो वरीपरि रहेका मेरा आफन्तहरु हरीयो बाँसले ठोसीरहेका त्यो आगोको उज्यालोले नजिक मात्र उज्यालो दिइरहेको त्यही उज्यालोमा मेरा गाउँका आफन्त भनाउँदाहरु तास खेलेर मेरो दुःखमा हाँसीरहेको देख्दा त त्यही आगोमा हालिदिऊँ जस्तो पनि लाग्दथ्यो ।
यो मनले केही सोच्न सकेको थिएन पुसको जाडो नाङ्गो शरीर मध्य रात त्यो मसानघाट सबैतिर मलामी । कोही मलाई समाइ रोईरहेका कोही हाँसीरहेका कोही चिता नजिक हरियो बाँसले चिता ठोसेर त्यो बाँस कालो पारिरहेका कोही पाटीको कुनामा निदाइरहेका त्यो पापी दृष्य मेरो आँखामा यथार्थ सपना नभएर विपनाको दृष्य थियो । म पनि आफ्नो मनलाई दरो पार्न नसकेर पटक पटक मुर्छा परिरहेको थिएँ त्यो चिताको आगो क्रमिक रुपले सानो सानो बन्दै गयो त्यो चिसो पानीमा मलाई मध्य राती नुहाउन लगाइयो मलामी भनाउँदाहरु सबै मलाई लिइ घरतिर फर्किए तर मेरो रुवाइमा हाँसो थप्न खोज्दै । बुबाका दुश्मनहरु पनि मलामी बन्न आएको थाहा पाएँ र उनीहरु भन्दै थिए "कस्ती अलच्छनी विहा गरेछ विहेको दिन नै सासू खाई ।"
"त्यही होनि उस्ले त हेर्ना साथ बुढी मरिन् " अर्काले भन्यो ।
मैले ति बचनहरु चित्तल काइँली र साइलोका मुखबाट सुनेको थिएँ तर प्रति प्रश्न गर्ने मेरो समय थिएन । उनीहरुले भनेका शब्दहरु मैले सुनिरहेँ बुझिरहेँ । किन यसरी बिचरी रोजिनालाई दोष दिनु उस्ले त झनै आमाको अन्तिम सास फेर्ने समयमा पानी दिएर आमाको अडेको सास खोलेकी थिइन मैले सोचें धेरै धेरै सोचें ।
"बसन्त यता आइज त बाबु" बुबाले न्याउरो स्वरमा बोलाउनु भयो ।
"किन बुबा "
"अब त कि्रया बस्नु पर्यो ।"
"नाइ म बस्दिँन ।"
"किन के भनिस् बस्दिन रे " बुबाले रिसाउँदै भन्नुभयो ।
"हो म बस्दिँन "मैले घमण्ड गरेँ ।
"किन बस्दैनस् तैँले के भनिस् रे "
"हो हो म कि्रया बस्दिँन सेतो पहिरन लाउँदिँन ।"
"हेर बाबु अब गाउँमा हामीलाई झनझनै नराम्रो दृष्टिले हेर्छन् । हाम्रो हातले दिएको पानी खादैँनन् हामी अब समाजबाट एक्लो सिर्फ एक्लो हुनेछौ हेर बाबु यो सनातन धर्म हो परम्परा देखिनै मानी आएको गरिआएको चलन हो । तँ एउटाले नगर्दा के फाइदा हुन्छ भन त हेर बाबु तँ घमण्ड नगर सबैले मानिआएको परम्परालाई तैंले उलङ्घन गर्न मिल्दैन बसन्तू बुबा र अंकलले मलाई धेरै धेरै सम्झाउनु भयो ।
मैले सोचेँ धेरै धेरै सोचेँ गहिरिएर सोचें मेरे अल्लारे बेलाले मलाई एकोहोरो घमण्ड गरायो । म कि्रया बस्न तयार भएँ । मलाई मेरा सम्पूर्ण घटनाहरु नाटक जस्तो लागिरहेको थियो । अस्ति बेलुका बैनी मलाई लिन गएको हिजो विहान होस्टेलमा झगडा परेको हिजै एक्कासि चिन्दै नचिनेको अपरिचित केटीसंग विवाह भएको मेरो प्राण भन्दा प्यारी र देवीलाई साक्षी राखेर कसम खाएकी पि्रय ऋतुलाई छोडेको हिजै मेरी आमाको आकस्मिक मृत्यु भएको क्षण सम्झिँदा म यो रातीको समय चिसो भुँइमा रोएँ कराएँ चिच्याएँ डर माथि डर चिन्तामाथि चिन्ता परि नै रहयो । मेरो मुखमा खाना पानी नपरेको तीन दिन भइसकेको थियो । तर पनि भोक प्यास निन्द्रा केही छैन जे छ पीर चिन्ता रोदन र चित्कार मात्र छ म आज यस अवस्थामा छु । पीडँैपिडा र दुःखै दुःखको क्षणमा पनि ऋतुलाई सम्झिन पुगें म उन्को बस्तीमा बसेर त्यो बस्ती छोड्ने दिन लेखेर दिएको पत्र मेरो हातमा पुग्यो ।

"यदि जानु नै थियो त आई गयौ किन
अब भन्न र देख्न के नै बाँकी भो र "
पत्रको सुरुमा यस्तो कविता भेटँे र पछि पत्रमा पनि यस्तै शब्दहरु थिए ।
पि्रय प्राण बसन्त
मेरो तर्फबाट धेरै धेरै माया
बसन्त ! लेख्न त केही आउँदैन तर पनि प्रयास गर्दैछु । बसन्त ऋतुको बगैचामा फुलेको फूलझै तिम्रो साथ मेरा लागि अविश्मरणीय पल भयो । तिम्ाले मलाई र यस बस्तिलाई छोडेर जान लागिरहेछौ तर कसरी नजाऊ भनार्ँै तिम्रो खुसी नै मेरो खुसी हो । भन्न त तिमीले पनि आजसम्म मलाई माया गर्छु भन्न सकेनौ र मैले पनि भन्न सकिनँ । तर मलाई पनि थाहा थियो तिमीले मलाई माया गथ्र्यौ र म पनि माया गर्छु भन्ने स्पष्ट तिमिलाई थाहा छ । अब म कसरी भुलौँ तिमी र म तातोपानी भोटेकोशी घुम्न गएको खोलामा जिस्केको गाडीमा जाँदा आउँदा तिमी मेरो काखमा निदाएको त्यो पल मितेरी पुलमा घन्टौ संगै बसेको फोटो खिचेको कपडा सफा गर्न गएको मेरो काममा तिमीले सहयोग गरेको क्षण र हरेक वाहाना बनाएर मेरो घरमा अरु कोही नहुदा घण्टौँ सम्म मेरो कोठामा आएर सँगै बसेको मेरो जन्मदिनको दिन तिमीले दिएको उपहार म कसरी भुल्न सक्छु म मन्दिर जाँदामा मेरो सट्टा पनि पूजा गर ल भनेको म स्कुल जाँदा पुर् याउन गएको स्कूलमा भेट्न आएको कसरी भुलौँ । तिमी शहर गएपछि मलाई भुल्छौ होला तर प्लिज बसन्त कहिल्यै नर्बिस ल ! म तिम्रो पर्खाइमा बस्नेछु ।
ऋतुले पहिलो पेजमा लेखेका पत्रले नै मेरो मनमा छुरा रोपियो । अरु शब्दहरु त मैले पढ्नै सकिन । म पुनः त्यो चिसो भुइर्ँमा थ्याच्च बसेर एक्लै चुरोटको धुवा संगै उडिरहेको थिएँ रात भरी त्यो चिसो भुइर्ँ खाली पेट एक्लै एक्लै रोइरहेको कहिँ कतै छुन नहुने तर यी किरिया पुत्री कुर्न बसेकाहरु घुर्र घुरी निदाइ रहेका थिए । तर म भने एक पछि अर्को अर्को पछि अर्को र पुनः अर्को चुरोट मेरो साथी बनी रहेको थियो । चोटै चोटमा भरिएको मेरो जीन्दगीमा आएका उतारचडाब पढाइमा होस्टेल इन्चार्ज म्यामसँग झगडा त्यसपछि अपरिचित केटीसंग विवाह ऋतुसँगको विछोड विहेकै दिन आमाको मृत्यु यस्तो चोट कसैलाई पनि परेकै छैन होला । मेरो मनभरि निन्द्रा नपरी अनेकौ अनेक शव्दहरु घुमिरहे । विहानी पख त निन्द्रा परेछ ।
"दादा ! दादा ! उठ्नोसू" रुपाले मलिन स्वरमा बोलाई ।
"ल म उठे ।"
"हजुरले अब नुहाउनु पर्छ रे ।"
"ए ल !"
"बुबाले भन्नु भा’ छिटो गर्नूस् रे ।"
"ल ! ल ! "
"म गएँ ; उठ्नोस ल । "
म उठँे यसो दायाँ बायाँ हेरेँ म त चिसो भुँईमा राखेको परालमाथि सेतो पछ्यौरी ओडेर सुतिरहेको थिएँ । मैले अब केही दिन अरुले छोएको खान नहुने रे अरुलाई छुन नहुने रे एक छाक खानु पर्ने रे यो चिसोमा चिसोपानीले नुहाउनु पर्ने रे । एक्लै एक्लै बस्नु पर्ने दिउँसो ढिकुरो पूजा गर्न भोको पेटमा जानु पर्ने दिनहुँ लुगा धुनुपर्ने र कुनामा बस्नुपर्ने कस्तो रीति यो मनमा अनेक तरङ्ग उठी रहेका थिए ।
दायाँ-बायाँ यता-उता अघि-पछिको पीडाले भोक निन्द्रा प्यास केही थिएन ममा । केवल सिर्फ चुरोट छ साथमा मैले विवाह गरेर ल्याएकी रोजीनाको मुखमा मेरो नजर पुग्यो । बिचरी ! दुःखी रहिछे विवाहकै दिन सासूको मृत्युको शोक सहनु पर्यो रोजीनाको अंग अंगमा मेरो नजर पलपल परिरह्यो बिचरीले कपालको झाक्रो फिजाएकी फरियाको फेरले शरीर ढाकेकी यो जाडोमा डगडग कामी रहेकी विहेको दिन पनि लोग्नेसँग खास खुस गफ गर्न नपाएकी उस्का पनि यो यौवनमा हरेक रहर इच्छा चाहना थिए होलान् तर ती सब रहर लुकाएर मेरो पिडामा साथ दिइरहेकी रोजीनाको स्थिति देखेर मेरो आँखाबाट झन आँशु बग्दै थिए । म संँग केही बोलेकी पनि छैनन् मैले पनि रोजीनालाई बोलाउन सकीरहेको थिइँन । भित्र हामी दुई बाहेक कोही पनि छैनन् रोजीनको आँखामा पनि आँशु तालको पानी जस्तै ढलपल ढलपल गरी नै रहेका छन् त्यो पीपलको पातजस्तो ओठ लर्वराई मात्र रहेको थियो ।
"कति धेरै चुरोट खानु हुन्छ " रोजीनाले भनिन् ।
"जति मन लाग्छ उति खान्छु ।"
"हेर्नाेस चुरोटले राम्रो गर्दैन"
"थाहा छ ।"
मैले यति भनेर झर्किए पनि ऊ चुप रही मैले मनमनै सोचेँ बिचरीलाई मैले किन झापरें उस्को के दोष के उस्ले नराम्रो कुरा भनेकी हो र मैले कतै गल्ती शब्द त भनिनँ मेरो मनमा अन्र्तर द्वन्द्व चलिनै रह्र्यो । विवाह गरेर ल्याएकी श्रीमतीसँग बोल्ने कुरा यही हो के मैले आफैँले सिन्दुर राखेर ल्याएकी श्रीमती हैन र कतै मैले ठुलो पाप गर्दै त छुइँनँ के विचरी रोजीनाले मेरो दुःखमा साथ दिएकी छैन हो वास्तवमा म ठूलो भूल गर्दैछु जानी जानी गरेको गल्ती गल्ती हुँदैन अपराध हुन्छ त्यसैले म अपराधी हुँ अपराध गर्दैछु ।

1 comment:

  1. yo kasto sankat ho
    bihe garnai parne
    ani bihe garne bitaikai sasu marne
    nepal kaa gau ghar ka ghatanaharu sametiyera lekhiyeko yo upanyasa sarai nai man chune khlako cha

    ReplyDelete