तिमि कस्तो साथी ??

पहिला पहिला भेट हुँदा, तर्किएर हिँड्थ्यौ
बोलाउँदा स्नेहले, झर्किएर हिँड्थ्यौ
एउटै ठाउँ पुग्नु थियो, मैले तिम्रो साथ मागेँ
एक्लै पुग्छु भनी अन्तै फर्किएर हिँड्थ्यौ
दुई थोपा खुसी माग्दा आँसुले नै भिजाएर
मेरो दु:खी संसारमा दर्किएर हिँड्थ्यौ
मैले आफ्नो जिन्दगीको भविष्यको तस्वीर हेर्ने
एउटै ऐना भन्दा भन्दै चर्किएर हिँड्थ्यौ
झरी पर्दा छाता लिई किन आयौ सोच्दै छु म
ओत माग्दा पहिले पनी छर्किएर हिँड्थ्यौ
Like This Post? Please share!

Subscribe through email and get Free updates
You May Also Like...
- अर्को जन्ममा देवताहरूलाई मान्छे बनाउँछु
- तिम्रो सहरमा:
- अन्धी केटि ( कथा)
- प्रेमिका बनाउनु भन्दा बाइक किन्न गाह्रो , बाइक नभई प्रेमिका नबन्ने
- तिम्रो रुपको वास्तविकता
- मेरो मृत्यु दैब भाग २
- मेरो मृत्यु दैब -- भाग १
- Her Naughty husband :: तिनको नकचरो पोइ (मनोवाद कथा)
- लौ भन्नुस ठुलो भिखारी को त ?
- भत्किएको सपना ## The damaged Dream
0 comments:
Post a Comment