तिमीलाई भुल्न पिएर हेरें
चुलेसीलाई मुटु दिएर हेरें
आइ रह्रयौ तिमी सम्झनामा
स्मृतिका डोवहरु सिएर हेरें
एक्लै रैछु उभिएको किनारामा
एकलास मै पनि जिएर हेरें
एक्लै रैछु उभिएको किनारामा
एकलास मै पनि जिएर हेरें
रित्तिएछु आफैसगँ थाहा भएन
सुकेको पलाँस झैं खिएर हेरें
बगी रह्रयो आँखाबाट तिमी तप्प तप्प
आँशुलाई अाजुलीमा लिएर हेरें
Facebook बाट

सपना बोकेर आईदिने रातहरुलाईएउटा सलाम
ReplyDeleteसपना खोसेर लैजाने प्रभातहरुलाई पनि सलाम
सजिलैसित जिउने एउटा मिठो निहुँ पाइएको छ
रक्सी बनाइदिने त्यस पहिलो स्रस्टालाई अर्को सलाम।