
मन्दिरको परिषदभित्र अन्जादी तिस,पैतिस बर्षकि एक,महिला आफ्नो शिर एकतमासले मुर्तीमा ठोकेर रुदै हुन्छिन,त्यो अती पिडा दायक अवस्था देखेर प्रेतीको मनमा अनगिन्ती जिज्ञासाहरु उठ्छन्।किन उनी यति सार्ह्यो दुखि होलिन !मन्दिरबाट घरतर्फ मोडिएका प्रितिका पाइला पुन:मन्दिर तर्फै लम्किन्छन्। हो पनि एउटा मान्छे भएपछि, अर्को मान्छेको अन्योल त्यो परिस्थिती र अवस्थालाई बुझेर साथ दिन सके शायद धर्म कमाउँन, कुनै मन्दिर र मस्जित धाउँनु नै जरुरत पर्दैन भन्ने गर्छन्, साधु सन्त महन्त र जिन्दगीलाई नजिक बाट बुझ्नेहरुले! हो प्रिती पनि यही मान्यतालाई मनन गर्छे। ती महिला आफ्नो मनको गुनासो पोख्छिन मुर्तीसँग तर त्यहा बाट कुनै जवाफ आउँदैन उनको अनय बिनयको! प्रिती उनी नजिक गएर मायाले बोलाउँछे, दिदी दिदी......?किन के भयो तपाईंलाई अघि देखि यसरी गुनासो गर्दै हुनुहुन्छ?मलाईँ भन्नुस् न:म केही मद्दत गर्न सक्छु कि? तपाईंको यो दुखमा.'बिर्खेकी जीवन सङ्गी जुनेली त्यो बोली सुनेर आफ्नो शिर उठाएर हेर्छे,त्यो उद्दारवादी प्रितीको मुहारलाई एकतमासले केहिबेर आँखै नहटाइकन । अनी आफ्ना बग्दै गरेका दुबै आँखाका आँशुहरुलाई सारीको छेउले पुछ्दै भन्छे, खै नानी मृत्युलाई फर्काएर ल्याउँने क्षमता तँ हामी मानिसहरुलाई छैन होला रैँ पनि मन भरि भरिएका पिडाहरु उकोस् मुकोस् भए, अनी यहाँ एकान्तमा आएर पोखेकी।
त्यसपछि प्रितीले सोध्छे, तपाईंको नाम के हो दिदी ?जुनेली हो मेरो नाउँ, तर मेरै भाग्यमा अँध्यारो खसेको छ नानी। जुनेलीले बोली सकेपछि प्रितीले भन्छे,हेर्नुस् दिदी यसैको नाम नै जिन्दगी हो। यति सार्ह्यो निरासवादी नहुनुहोस् म छु, तपाईंको दुखमा साथ दिने अनी तपाईंको घर कहाँ होनी? जुनेलीले भन्छे,पहाडको रमिते गाउँमा हो हाम्रो घर.हामी सबै परिवार गाउँ घरमा जनबन गरेर खान्थ्यौ। तर पन्ध्र दिन देखि यता मेरी सासू र म चार जना छोरा छोरी यही मन्दिरको सानो छेडीमै बस्दै आएका छौ। किनकी मेरो श्रीमान बिर्ख बहादुर मर्नु र बाँच्नुको दोसाध्मा मृत्युको प्रतिक्षामा छन्। हामी उनैलाई रुघेर बसेका छौ। प्रितिका गहभरि आँखा पनि रसाएँ । अनी प्रिती कहाँ हुनुहुन्छ तँ तपाईंको श्रीमान हिड्नुस् हामी पनि उतैतिर जाऔ। त्यसपछि जुनेली र प्रिती उतैतिर लाग्छन। प्रिती त्यहाँ पुग्दा बिर्ख बहादुरकी आमा छेउमा बसेर रुदैथिइन। यहि एउटा थियो मेरो बुढेशकालको साहारा भन्नु तर आज यसैले छोडेर जान खोज्दैछ. बरु मलाई लैजाउँन इश्वर!कस्तो दर्दभरि आवाज 'सेतै फूलेको कपाल, एका दुई मात्रै बाँकी रहेका दन्तलहर, साउने झरीझै झरेका ती आँखाका आँशु कस्तो बेडम्वना उफ.......छेउँ छेउँमा नाता नातिना,प्रितीको मन शिसा जस्तै चर्की सकेकोथ्यो। त्यो अवस्थालाई देखेर शायद इश्वर नामको कुनै चिज छ र!कतै हाम्रो भ्रम तँ होईन इश्वर इश्वर भनेर हर्दम पुकार्नु तर किन इश्वरको हृदयमा हाम्रो यत्रो दुखमा साहानुभुतीसम्म छैन। टुलु टुलु मन्दिरमा पुज्निय भएर अबिर र फूलमाला धुपधुवारको मिठो सुगन्धमा रमाएरै बस्दा ठीक्क छ इश्वरलाई। प्रिती झोक्राएर यस्तै कुराहरु सँग मनमनै लुकामारी खेल्दैहुन्छे।
त्यहानै नजिक बाट कुनै एक ब्यक्तिको आवाज आउँछ।अनी आमा तपाईंको छोरालाई कसरी यस्तो भयो तँ?गर्न केही नसके पनि रमिते र जिज्ञासुहरु अनगिन्ती हुन्छन्। कतिलाई आफ्नो कथा र ब्यथा फुकाएर साध्य!'तर पनि बिर्ख बाहदुरकी आमा सबै सोधाइमा सरल जवाफ दिन्छिन,शायद योनै हुनुपर्छ आमा र एक नारी हुनुको माहान्ता।बिर्ख बाहदुरकी आमा त्यो अपरिचित ब्यक्तिको जवाफ दिन सुरु गर्छिन। कति निर्दोष र निश्च्ल त्यो मन प्रिती चुप चाप सुनिरहन्छे।ती बुडी आमा आफ्नो आत्मा कथा सुनाउँन थाल्छिन। यो बिर्ख बहादुर एउटा गर्व टुहुरो हो। यो गर्वमै छँदा यसका बुवा डालेघाँस झार्न भनेर रुखमा चढेका थिएँ, झुकिएर आफै टेकेको हाँगो काट्न पुगेछन र रुखबाट भुइँमा झर्दा हात खुट्टा सबै भाँच्चिएयको थियो, शहर ल्याउन सकेर औषधी उपचार गर्न सकेको भए त बाँच्थे होला, तर साहु महाजनको घरमा हलो जित्ने मान्छे पैसा पनि भएन!छ,छ महिना थलिएर गएँ। यसलाई पनि मैले पढोस भनेर गाउँ कै स्कूलमा भर्ना गरेकै चौथो दिन हैजाको ज्वरोले ओछ्यान पर्यो त्यसपछि कति गरेर निको बनाए आफ्ना आफन्तले स्कूल नफाप्ने भयो बिर्ख बहादुरलाई लोग्ने पनि छोडेर गएँ, यही एउटा बुडेशकालमा टेक्ने लौरोलाई पनि मार्ने परिस भने के गर्नु होला तनी भनेर हलोनै जोत्न सिकाएँ। र पन्ध्रै बर्षमा यो जुनेली सँग टिका टालो गरिदिएकी थे। पछि छोरा छोरी पनि जन्मे अनी जुनेलीको मामाको छोरा बेदेश लाने काम गर्दा रहेछन। अनी मेरो छोरा बिर्ख बहादुरले पनि भन्यो आमा कति दिन अरुको जन बन गरेर बस्नु तपाईं पनि अहीले सम्म घर बाहिर भित्र गर्न सक्नु हुदैछ,नाता नातिनाको हेरचाह गर्नु भयो भने जुनेलीले मेलापात गर्दै गर्न पाउछे म बिदेश गएर कमाएको पैसाले सानो टुक्क्रा जग्गा किनेर सानो झुप्रो घर बानाएर आमालाई राख्छु भनेर बिदेश गएको पोहर साल।
गएको पाँच महिनामा एउटा खवर आयो आमा मेरो चिन्ता पिरलिनु पर्दैन मलाई यहाँ राम्रोनै छ भनेर। अनी यता बुहारी पनि रातदिनको मेला पातले गलेर बिरामी भएर भर्खर ओछ्यानबाट उठेकी, एकबर्ष पुग्यपछि त मान्छे नै यस्तो अवस्था मा काम गर्न नसकेर चन्दा उठाएर पठाएँको भनेर पो पठाएछन्। र आज यो पशुपतीको आर्यघाटमा बसेकाछौ. यसले छोडेर गएपछि हामी कहाँ जाने के गर्ने बुहारी यो बाँचे र बसिदियो भने मात्रै जुठाभाँडा माझेर नपुग्य मागेर पनि पाल्छु भनेर आधी मासु भएकी छ। बालख नातानातिना छन् अन्धकार छ जिन्दगी भन्दै आमा मुर्छा पर्दै बिउँ तिन्छिन। सबै चर्याएको घाऊलाई उप्काउँदै आ-आफ्नो बाटो लाग्छन्।प्रिती त घाइते बाघ झै छट्पटिन्छे, तर उनीहरुलाई चटक्कै माया मारेर जान सक्दिन। किनकि प्रिती तेती स्वार्थी केटी हुन सकेकि थीइन्।उसको घरमा अरु पनि दु:ख पाएका दुइचार जना बुडा बुडी हरु रहदै आएका थीएँ। उसलाई अरुको दुखमा साथ दिन पाउँदा स्वर्ग जितेको आन्नद हुन्थ्यो।
गीता थापा (दोषी)
हाल-इजरायल
रचना-may०६/२०१०/
हाल-इजरायल
रचना-may०६/२०१०/
कथा राम्रो छ| राम्रो हुदाहुदै पनि भाषिक अशुद्धताले गर्दा पाठकलाई केहि असहज महसुस हुन्छ | केहि शब्दहरु सच्च्याउने र भाषिक सुद्धतालाई ध्यान दिने हो, भने अझ सुनमा सुगन्ध हुन्थ्यो होला !
ReplyDelete