
पूर्वी अफ्रिकाको महत्वपूर्ण केन्द्रको रुपमा रहेको जोमो केन्याटा अन्तरार्ष्ट्रिय विमानस्थलको आगलागी निक्कै डरलाग्दो भएको बताइएको छ ।
कयौ माइल टाढा बाट पनि धुवाको मुस्लो देखिएको समाचारमा उल्लेख छ । आगलागी विमानस्थलको मध्य भागबाट सुरु भएकोले नियन्त्रण गर्न निक्कै कठिनाइ भैरहेको समाचार मा उल्लेख छ ।
अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाए अनुसार अहिले त्यहाँ उद्दार कार्य जारि रहेको छ ।
अहिले सम्म आगलागीको कारण थाहा हुन सकेको छैन भने आगलागीमा के कति क्षति भयो भन्ने कुराको पनि थाहा हुन सकेको छैन ।
