निन्द्रा नलाग्ने समस्या छ ?? problem on sleeping ??

By
Advertisement

रात्री, आज सुत्नु भन्दा दस मिनेट पहिले ओछ्यानमा आराम गर्नु, कोठा अध्यारो होस् | अब आँखा बन्द गरेर जोड जोडले स्वास बाहिर निकाल्नु | स्वास लिन होइन निकाल्नको लागि जोड गर्नुहोस | जोर लगाएर स्वास निकाल्नुहोस | स्वास निकाल्ने बेलामा ओ SSS ... को आवाज निकाल्नु |

ओठलाई गोलाकार बनाएर गहिरो सास फेर्ने | जसै जसै आवाज स्प्रस्ट हुन थाल्दछ ओहम् आफै निर्मित हुन थाल्दछ | तपाइँ केवल ओ को उच्चारण गरिरहनु ओहम् को अन्तिम "म" बिस्तारै आफै आउछ | पुरा स्वास लाइ बाहिर फाल्नुहोस, अब ओठ बन्द गर्नुहोस | स्वास शरीरलाई लिन दिनुहोस | आफुले नलिनुहोस | स्वास नाक बाट लिने तर फाल्दा भने मुख बाट नै फाल्ने गर्नु होस |


साधारणतया स्वाश हामीले लिने गर्छौ र शरीरले फ्याक्ने गर्दछ | नाक बाट स्वास लिने र नाकै बाट फाल्ने गरिन्छ | त्यसको कारण ओशोले यस्तो बताउनु भएको छ : भित्र जना लागेको श्वास  जिबन संग जोडिएको छ भने बाहिर जाने श्वास मृत्यु संग जोडिएको हुन्छ | बच्चा जन्मदा उसको पहिलो काम हुन्छ, स्वाश भित्र तान्ने | बाहिर निकाल्नको लागि त उ संग स्वाश नै हुन्न | स्वास बाहिर जानु मृत्यु हो भित्र आउनु जिबन हो | निदाउनु पनि मृत्यु हो | मृत्यु को छोटो रुप | "

सबै भन्दा उपयोगी उपाय हो यो | स्वासमा आफ्नो पूर्ण ध्यान लगाउनुहोस | पुरा ध्यान स्वास लिन र फ्याक्नमा लगाउनुहोस | यसले तपाइलाई धेरै फाइदा गर्दछ | यदि तपाइँहरुमा निन्द्रा नलाग्ने समस्या छ भने त्यो समस्या बाट यसरि छुटकारा पाउन सक्नु हुन्छ | ध्यान रहोस स्वास लिदा नाक बाटै लिएको होस् र फ्याक्दा मुख बाटै |

सुरु सुरुमा धेरै अप्ठ्यारो हुन सक्छ तर बिस्तारै बानि परेपछि यो सजिलो हुन्छ, यसमै तपाई रमाउनु हुन्छ | १०-१५ मिनेट सम्म नाक बाट स्वास लिने र मुखबाटै फाल्ने ( सकेसम्म गल्ति नहोस, कि नाक बाट लिएर नाकै बाट नफालियोस ) गर्नुहोस |