
। त्यसो गरेको थाहा पाएमा कानुनि कारबाही मात्र होइन सामाजिक बहिस्कार पनि हुने गर्छ ।
जन्म दिने आमाबाबुलाइ भगवान मान्ने गरिन्छ । तर आफ्नो छोरा छोरीलाई राम्रो बाटोमा हिड्न प्रेरित गर्नु पर्ने, संरक्षकको भूमिका निर्वाह गर्नुपर्ने बाबुले नै छोरीको बलात्कार गर्न थाल्छ, पत्याउने नसक्ने यो घटना घटना घटेको छ इटहरीमा ।
इटहरी -२ बस्ने एक व्यक्तिले आफ्नै छोरीसंग शारीरिक सम्पर्क राखी बच्चा जन्माएको घटना सार्बजनिक भएको छ । आफ्नै जेठी छोरीलाई सात वर्ष अघि श्रीमती बनाएका हुन् इटहरी शान्तिनगर बरगाछीनिवासी ५१ वर्षीय सौगात साहले ।
जेठी छोरी कबितासंग शारीरिक सम्पर्क राखी ६ बर्षको बच्चा पनि जन्माएका सौगात आफ्ना अन्य छोरीलाई पनि बलात्कार गर्न खोजे पनि यो घटनाको पर्दाफास भएको हो ।
सौगातका तिन छोरीहरु साइँली छोरी प्रीति, काइँली लक्ष्मी र अन्तरी पार्वतीले बाबुले बलात्कार गर्न खोजेको भन्दै सोमबार इलाका प्रहरी कार्यालय इटहरीमा बाबुविरुद्ध किटानी जाहेरी दिएपछि गतना सार्बजनिक भएको खबर आजको राजधानी दैनिकमा छ ।
इज्जतको डरले वास्तविकता लुकाउनु परेको र अति नै भएपछि मात्र सार्बजनिक गरेका सौगातका छोरीहरुले बताएका छन् ।
छोरीलाई श्रीमती बनाएको आफ्नै अन्य छोरीहरूले खुलासा गरेपछि प्रहरीले दुवैको स्वास्थ्य परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको छ ।
यो घटनाको उजुरी पछि उजुरी दिन आएकालाई एक्ला एक्लै सोधपुछ गर्दा सबैको एउटै बयान आएपछि प्रहरीले सौगातलाई प्रकाउ गरेको समाचारमा उल्लेख छ ।
उनीहरुले इज्जतको डरले यो घटना लुकाएको भएपनि सबै दिदि बहिनि नै असुरक्षित बनेपछि सार्बजनिक गर्नु परेको बताएका छन् ।
घरमा बस्न असुरक्षित भएपछि अहिले तीन छोरीलाई भने इनरुवास्थित महिला विकास कार्यालयको सेवा केन्द्रमा राखिएको छ ।
सौगातका ६ छोरीमध्ये साइँली प्रीति १०, काइली र अन्तरी क्रमशः लक्ष्मी र पार्वती सोही ठाउँमा रहेको महेन्द्र उच्च माध्यमिक विद्यालयमा ७ कक्षामा पढ्दै आएका छन् ।
घटना सार्बजनिक भएपछि स्थानीय महिला अधिकारकर्मीहरू सौगातको परिवारविरुद्ध खनिएका छन् । उनीहरुले यस्तो जघन्य अपराध गर्नेहरुलाई समाजबाट बहिस्कार गरि कडा कारबाही गर्नु पर्ने माग गर्दै आएका छन् ।
घरमा छोरा देखेपछि समाजका अन्य व्यक्तिले प्रश्न गर्दा उनले र छोरीहरूले भेटेर ल्याएको भन्दै ढाँट्दै आएका थिए ।
जेठी छोरीबाट जन्मेको यो बच्चा सौगातको नभएको सौगात बताउछन । जेठी छोरीको प्रेमीले गर्भ बोकाएर भागेपछि बच्चा जन्मिएको र बदनाम हुने डरले आफुले वास्तविकता लुकाएको सौगातले बताएका छन् ।
उता जेठी छोरि पनि बाबुकै कुरालाइ सहि भन्दै आएकी छिन । उक्त ६ बर्षीय छोरा आफ्नो प्रेमीको बच्चा भएको र प्रेमी भागे पनि आफूले छोरालाई जन्म दिएको तर इज्जत जाने डरले अहिले सम्म लुकाउदै आएको कबिता बताउछिन ।
0 comments:
Post a Comment