
तील एक यस्तो खाद्यान्न हो जसले हामीलाई स्वस्थ रहनको लागि निक्कै नै सहयोग गर्दछ | तीलको धेरै राम्रो बिशेषता हुनाले नै हाम्रा अग्रजहरुले कुनै पुजा पाठ होस् या धार्मिक कार्य होस्, तिललाई अनिवार्य गरेका छन् | जाडोको मध्य समय माघ को पहिलो दिन माघे सक्रान्ति मा पनि तिल को लड्डु बनाई खाने प्रचलन आज सम्म पनि कायमै छ |
घिउ संग तिलको प्रयोग गरि खानाले धेरै रोग बाट मुक्ति मिल्छ | त्यसैले तिललाई विभिन्न परिकार बनाएर यसलाई खान सकिन्छ | स्वाद संगै स्वस्थ रहन सकिन्छ |
- यदि कसैलाई बारम्बार पिसाब आउने वा पिसाब आउदा धेरै गाह्रो हुने समस्या छ भने तिल खानाले फाइदा हुन्छ |
- तील को तेल मा निम को पात राखेर सोहि तेल ले मालिश गर्नाले मुहारमा आएको एलर्जी तथा छाला सम्बन्धि रोगबाट राहत मिल्छ |
- तिलको तेल प्रयोग गरिएको खाना खानाले कोलेस्ट्रोल कम गराउने हुनाले हृदय रोग लाग्ने सम्भावना धेरै कम हुन्छ |
- तिलको तेल वा भुटेको तिल पिसेर अण्डाको पहेलो भाग फाली सेतो भाग संग मुछी लगाउनाले आगोले पोलेको घाउ निको हुन्छ |
- चिया खादा चियामा अलिकति तिल वा तिलको पात र अदुवा हालेर चिया बनाई खाने गर्नाले खोकी छिटो निको हुन्छ |
- दिनहु ५-१० ग्राम जति कालो तील राम्रो संग चपाएर खाने गर्नाले गिजा र दात बलियो हुन्छ साथै दातमा किरा लाग्ने सम्भावना निक्कै कम हुन्छ |
- तिल, मेथी, सुकेको अदुवा, बेसार सबै लाई पिसेर यसको धुलो दिनहु बिहान बेलुका सेवन गर्नाले अर्थराइटिस रोग बाट मुक्ति मिल्छ |
- तिलको सेबन गर्नाले रुघाखोकी निको हुनु को साथै हाडजोर्नी मा हुने दुखाइ कम हुन्छ |
- अन्य धेरै फाइदा हरु छन् तिलका त्यसैले तिलको नियमित सेबन गर्नाले अबश्य पनि स्वस्थ रहन सकिन्छ |
0 comments:
Post a Comment