ओक्लोहोमामा टोरनाडो आँधी, ५१ को मृत्यु कयौ घाइते, उद्दार कार्य जारि ( Watch Video)

By
Advertisement


अमेरिकाको ओक्लोहोमा राज्यामा टोरनाडो आँधीमा परेर ५१ जनाले ज्यान गुमाएका छन् ।

 मर्नेहरुमा धेरै जसो बच्चाहरु रहेका छन् । ३२० किमी भन्दा धेरै को गतिमा आएको यस आधीको कारण १२० जना भन्दै धेरै घाइते भएका छन् ।

मर्नेहरुको संख्या अझै बढ्ने सम्भावना भएको समाचारमा जनाईएको छ । आंधीले एक बिद्यालय तहस नहस पारेको छ |

 घाइतेहरुलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ जसमा ७० जना स्कुलको बच्चा रहेको बताइएको छ । केहि बच्चा हरुको अबस्था नाजुक भएको बताइएको छ ।

आंधीका कारण करिब ५५ हजार भन्दा धेरै व्यक्ति घरबारविहीन बनेका छन् । यस आंधी प्रभावितहरुका लागि अस्थायी बसोबासको ब्यबस्था मिलाइएको छ । राष्ट्रपति बाराक ओबामाले यस आँधीमा परेर मृत्यु भएकाको परिवारप्रति समवेदना प्रकट गर्दै आँधी प्रभावितलाई संयम राख्न आग्रह गर्नु भएको छ ।

अझै उद्दार कार्य जारि रहेको अन्तरास्ट्रिय मिडियाले जनाएका छन् ।


tornado-killed-51-in-oklahoma-city

0 comments:

Post a Comment