
तम्घासबाट काठमाण्डौका लागि छुटेको लु १ ख ५५८३ नम्बरको बस आज बिहानै गुल्मीको हर्दिनेटा गाविसको लुम्छामा दुर्घटना भएको छ | बस सडक भन्दा करिब २०० मिटर तल खसेको थियो |
उक्त दुघटनामा परि अहिले सम्म १४ जनाको मृत्यु भइ सकेको छ भने २५ जना भन्दा बढी घाइते भएका छन् |
११ जनाको घटनास्थल मै र ३ जनाको उपचारको लागि मिसन अस्पताल तानसेन ल्याउदै गर्दा मृत्यु भएको थियो | घाइतेहरुको मिसन अस्पताल तानसेनमा उपचार भइ रहेको छ |
बिपरित दिशा बाट आएको मोटरसाइकललाइ साइड दिने क्रममा उक्त दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् |
साघुरो सडक भएकोले दुर्घटना भएको हुन सक्ने स्थानीयबासीको अनुमान छ |बस सडकबाट तल झरेको हुनाले क्षत विक्षत भएको छ भने घाइतेहरु भिरमा अड्केर रहेको हुन सक्ने भन्दै खोजि कार्य जारी राखिएको छ |

0 comments:
Post a Comment