फ्रेन्च डल जस्तो देखिन ३० भन्दा बढी सर्जरी

By
Advertisement
एक जापानी मोडलले आफु डल जस्तो देखिन ३० भन्दा बढी सर्जरी गरिसकेकी छिन् ।

आफ्नो अनुहार सुन्दर नभएको कारण बच्चा अबस्थामा यीनलाई केहि मानिसले कुरूप भनेर जिस्काउने गर्दथे ।

भेनिला चामु (Vanilla Chamu)लाइ बच्चा अबस्थामा साथी हरु अनि अरु मानिसले यसरि जिस्काउदा उनको मनमा निक्कै ठुलो चोट पर्यो ।



उनले फ्रान्सको एक राम्रो डल जस्तै बन्ने सपना देखिन ।

केहि मानिसहरुले उनको यो कुरालाई मगज सड्केको भन्न पनि भ्याए ।

तर उनले डलको जस्तै रुप बनाउनको लागि लाखौ रुपैया स्वाहा पारिन ।

१९ बर्षको उमेर आफ्नो पहिले सर्जरी गराएकी यीनले अहिले सम्म लगातार विभिन्न अंगको गरि ३० भन्दा बढी सर्जरी गरिसकेकी छिन् ।

आफ्नो सर्जरिमा साथै १ लाख डलर अर्थात् ८७ लाख नेपाली रुपैया भन्दा बढी खर्च गरेकी उनि अझै खर्च गरेर सर्जरी गर्ने सुरमा छिन् । उनि जहिले सम्म उनको रुप फ्रेन्च डल (खेलौना) जस्तो हुन्न तब सम्म सजरी गर्ने बताउछिन ।

japanese-woman-spends-usd-100-000-to-look-like-french-doll

0 comments:

Post a Comment