
यस हप्ताको पहिलो दिन आइतबार सुनको मूल्य तोलाको ४९ हजार १ सय रहेको थियो भने साताको अन्तिम दिन शुक्रबार २३ सयले बढेर तोलाको ५१ हजार मा कारोबार भैरहेको छ ।
यस हप्ताको सोमबार सुनको मूल्य घटेर प्रतितोला ४८ हजार ६ सय ९७ रुपैयाँमा कारोबार भएको थियो । त्यसपछि बढ्न थालेको सुन शुक्रबार भने प्रतितोला ५१ हजार पुगेको छ ।
बिहिबार ५० हजार २ सय ५० रुपैया प्रतितोलामा कारोबार भएको सुनको मूल्य शुक्रबार ७ सय ५० रुपैयाले बढेर ५१ हजार पुगेको हो ।
शुक्रबार छापावाल सुन प्रतितोला रु ७सय ५० ले बढेर ५१ हजार प्रतितोलामा कारोबार भयो भने तेजाबी सुन पनि ७ सय ५० ले बढेर ५० हजार ७ सय ५० पुगेको छ । बिहिबार तेजाबी सुन प्रतितोला ५० हजारमा कारोबार भइरहेको थियो ।
चादीको मुल्यमा पनि यो हप्ता २० रुपयाले वृद्धि भएको छ । साताको सुरुको दिन आइतबार प्रतितोला ५ सय ५० रुपयामा कारोबार भएको चांदी सुक्रबार भने ८ सय ७० रुपया प्रतितोलामा कारोबार भएको थियो ।
अन्तराष्ट्रिय बजारमा सुनको मुल्याम उतारचढाव आएकोले नेपाली बजारमा पनि सुनको मुल्यमा यसरि उतारचढाव आएको हो ।
Link : gold price increase by Rs 2300 this week
0 comments:
Post a Comment