आमाले जंगलमा फालेको २० घण्टा पछि जिवितै उद्दार गरिएको ११ महिने बच्चाको स्वास्थ्य स्थिति निक्कै नै गम्भीर बनेको छ । जंगलमा २० घण्टा छाडिएका बालक नवलपरासी गैडाकोट ३ की मिना पौडेल (परियार) र कृष्णबहादुर पौडेलका कान्छा छोरा भिष्म पौडेल हुन् ।

पहिलेदेखि नै निमोनियाका रोगि भिष्मको रात भर जंगलमा रहेकोले चिसो अनि बर्षाको पानीमा भिजेका कारण संक्रमण बढेकोले अवस्था झन् गम्भीर बन्न पुगेको पर्वतका प्रहरी प्रमुख डिएसपी श्याम अधिकारी बताउछन ।
बच्चालाइ बुधबार देखि नै पोखराको मणिपाल अस्पतालको आइसियुमा राखेर उपचार भैरहेको छ तर अझै पनि स्वास्थमा सुधार नआएको उपचारमा संलग्न चिकित्सक बताउछन ।
आफ्नो ११ महिनाको बच्चालाई अनकन्टार जंगलमा छाडेर जान सक्ने निर्दयी आमा ( मिना परियार- पौडेल )बिरुद्ध उनका श्रीमान कृष्णबहादुर पौडेलले जंगलमा लगेर बच्चा मार्न खोजेको किटानी जाहेरी दिएका छन् ।
पहिलो बिबाह अन्तरजातिय भएपछि परिवारले हेला गरेकोले माइती गाउ बागलुङ जिल्लाको पैञ्युपाटा ५ मा डेरामा बस्दै आएकी मीनाले अर्को बिहे गर्नको लागि छोरालाई जंगलमा फालेर हिडेकी थिइन् ।
मीनाको प्रेमीले छोरा नभए मात्र मिनालाई स्वीकार गर्ने भनेकोले प्रेमी संग बिहे गर्नको लागि छोरालाई जंगलमा छाडेको भन्ने बयान दिएको प्रहरीले बताएको छ ।
Link: 11-month-baby-on-jungle

0 comments:
Post a Comment