
हिजो चितवनमा टिकाटालो गरिसकेपछि बिबाहको साइत नजिकै आउदा केटो फरार भएपछि चक्काजाम भएको समाचार आएको थियो |
यसरि केटा भागेकोले पूर्वपश्चिम राजमार्ग नै अवरुद्ध पारेको घटनामा पांच लाख दिए पछि कुरा मिलेको छ |
टिकाटालो गरिसकेपछि केटा फरार भएपछि केटी पक्षले हिजो बैशाख ५ गते सडक नै अवरुद्व गरी विरोध जनाएका थिए भने प्रहरी कार्यालय पनि घेराउ गरेका थिए |
चितवनको रत्ननगरमा यो घटनालाइ मिलाउन केटा पक्षले ५ लाख दिएर बिबाद मिलाएको छ | जिल्ला प्रहरी कार्यालय चितवनमा दुवै पक्ष बीच भएको छलफलमा दुवै पक्षले बिबाह रद्द गर्ने, केटा पक्षले क्षतिपूर्ति वापत पाँच लाख केटि पक्षलाइ दिने सहमति भएको थियो |
गत फागुन ३० गते रत्ननगर–३ बेल्सीका सुजन खनालले रत्ननगर–८ पसौनीकी एक युवतीलाई बिबाह गर्ने भन्दै टिकाटालो गरेका थिए तर बिबाहको मिति नजिकिदै गर्दा केटा बिबाह नगर्ने भन्दै फरार भएका थिए |
Link: marriage-cancle-in-5-lakhs
0 comments:
Post a Comment