स्थनीय समय अनुसार बेलुका चार बजेर २२ मिनेट जाँदा दक्षिणपूर्वी क्षेत्र बुशेहर नजिकको काकी गाउँलाई केन्द्र बनाएर गएको उक्त भूकम्प ६.३ रेक्टर मापन गरिएको छ |

भूकम्प बाट २ वटा गाउमा पुरै क्षति पुगेको छ भने ७ सय भन्दा धेरै घरहरु भत्किएका र २ सय परिवार प्रभावित भएका अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
भुकम्पको झड्का केहि खाडी मुलुकहरु कुबेत, कतार, यु ए इ, मा पनि महसुस भएको थियो | भूकम्पको ढक्क महसुस हुने बित्तिकै यु ए इ मा केहि बिल्डिंगहरु खालि गारिएको थियो |
इरानको एकमात्र आणविक केन्द्र नजिकै भुकप्मा गएको भए पनि भूकम्पले त्यस केन्द्रलाई कुनै क्षति नपुर्याएको र उक्त केन्द्रमा सामान्य अबस्थामा नै काम भइरहेको स्थानीय अधिकारी बताउछन् |
यस भन्दा अघि पनि इरानमा यस्तै धेरै पटक भूकम्प गएको छ, जसमा देरै धनजनको क्षति भएको थियो | सन् २००३ मा इरानको उत्तर पश्चिम क्षेत्रमा ३.३ रेक्टरस्केलको भूकम्प जादा करिब २५००० भन्दा धेरै मानिसहरुको ज्यान गएको थियो |
त्यस्तै गत बर्षको अगष्टमा 6.2 रेक्टरस्केलको भूकम्प जादा ३०० भन्दा धेरै मानिसहरुले ज्यान गुमाएका थिए |
Photo: रिकुटर्स
Link : earth-Quake-kills-more-than-37-people-in-iran
0 comments:
Post a Comment