दुर्घटनामा ३ को मृत्यु, ६ घाइते

By
Advertisement
धनुषामा बुधबार बिहान एक गाडी दुर्घटना हुदा तिन जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् | धनुषाको बैङ्गाडाबरमा रोकिराखेको ना ४ ख १२१६ नम्बरको ट्रकमा ना २ च २१८६ नम्बरको बोलेरो जीप ठोक्किदा उक्त दुर्घटना भएको थियो |

दुर्घटनामा परि महोत्तरी भंगाहका ५५ वर्षीय बासुदेव साह, ४५ वर्षीय हिमाल अधिकारी र धरमपुरका ६५ वर्षीय अनुपनारायण बछारको मृत्यु भएको प्रहरीले जनाएको छ |

दुर्घटनामा घाइते भएका अन्य ६ जनाको जनकपुर अंचल अस्पतालमा उपचार गरिदै छ | दुर्घटनामा पर्नेहरु नवलपरासीको त्रिवेणीमा भएको कांग्रेसको महासमिति बैठकमा सहभागी भएर फर्केका थिए |

चालक गाडी चलाउदा चदाउदै निदाएपछि उक्त दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ |

accident-in-dhanusha

0 comments:

Post a Comment