मकवानपुर जिल्लाको भैसे गाविस-१ मा रहेको कुलेखानी जलविद्युत् दोस्रो आयोजनाको कम्पाउण्डमा आगलागी भएको छ |
गए राति भएको आगलागीमा आयोजनाको कम्पाउन्डमा रहेको तीनवटा विद्युत टासफर्मर जलेको थियो | उक्त आगलागीमा करिब २५ करोड मूल्य बराबरको सम्पत्ति जलेर नस्ट भएको समाचार प्राप्त भएको छ |
मंगलबार राति ११:४५ बजे टासफर्मरमा आगो लागेको थियो | सो आगलागीले गर्दा कुलेखानी दोस्रोबाट उत्पादन हुने ३२ मेगावाट विद्युत् उत्पादन हिजै बाट अबरुद्ध भएको आयोजनाका प्रशासकीय अधिकृत शारदाविक्रम मल्लले बताए ।
आयोजनाको उत्पादन भएको विद्युत् काठमाडौँको केन्द्रीय विद्युत् ग्रीकमा सोहि टासफर्मरबाट जोडिने गरेको थियो | आगो निभाउन नेपाली सेना, प्रहरी, स्थानीय बासिन्दा, चितवन, वीरगन्ज र हेटौँडाका दमकलले करिब दुई घण्टा सम्म अथक प्रयास गरेका थिए र आगोलागी नियन्त्रणमा आएको थियो |
Link : Kulekhani-hydropower-transformers-damaged-by-fire
0 comments:
Post a Comment