उहाँको अध्यक्षतामा तत्कालका लागि अन्य दुई सदस्य चयन भएका छन । जसमा पूर्व मुख्य सचिव माधवप्रसाद घिमिरेले गृह र परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाल्नुहुनेछ भने हरिप्रसाद न्यौपानेले कानुन मन्त्रालय र श्रम मन्त्रालयको जिम्मेवारी सम्हाल्नुहुने छ । घिमिरे हालका मुख्य सचिव लिलामणि पौडेलअघि नेपाल सरकारको मुख्य सचिव भई अबकाश लिनुभएको थियो भने न्यौपाने २०४७ पछि कानुन मन्त्रालयको सचिवबाट सेवा निबृत्त हुनुभएको थियो । तत्कालका लागि अन्य सवै मन्त्रालयको जिम्मा रेग्मीलाई नै दिइएको छ ।
शितल निवासमा आयोजित बिशेष कार्यक्रममा राष्ट्रपति रामबरण यादवले रेग्मीलाई पद तथा गोपनियताको सपथ गराउनुभयो भने रेग्मीले अन्य दुई सदस्यलाई सपथ गराउनुभयो । कार्यक्रमको सुरुमै राष्ट्रपति कार्यालयका अधिकारीहरुले मन्त्रिपरिषद् गठन र त्यसको जिम्मेवारीबारे पढेर सुनाएका थिए । त्यसपछि सपथ र परिचयात्मक कार्यक्रम भएको थियो ।
सपथ लगत्तै रेग्मी सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर पदभार ग्रहण गर्दै हुनुहुन्छ । -अनलाइन खबर
रेग्मीले सरकार प्रमुखको सपथ लिदै गर्दा शितल निवास बाहिर २२ दलले धर्ना दिएका थिए | २२ दलले हिजो नै राष्ट्रपतिलाई प्रधानन्यायाधीशलाइ प्रधानमन्त्री नाबनाउना ज्ञापनप्रत्र बुझाएका थिए भने बनाए आन्दोलनमा जाने घोषणा गरेका थिए | सोहि घोषणा लगत्तै नेकपा-माओबादीले आज दिउसो १२ बजे देखि ५ बजे सम्म नेपाल बन्दको आह्वान गरेको छ |
0 comments:
Post a Comment