बम विस्फोटमा संलग्न सार्वजनिक, मुख्य अभियुक्त भने फरार

By
Advertisement
केही दिन अगाडी राजधानीको बबरमहलस्थित नेपाल आयल निगमको गेटमा बम विष्फोटमा संलग्न ६ जनालाई आज प्रहरीले सार्वजनिक गरेको छ ।

तर सो घटनाका मुख्य योजनाकार मानिएका देवराज लामा भने पक्राउ पर्न सकेका छैनन । उनको खोजी कार्यमा प्रहरी तिब्र रुपमा लागि परेपनि उनी कहाँ छन् भनेर प्रहरीले अझैसम्म पत्ता लगाउन समेत सकेको छैन ।




तर आज प्रहरीले पत्रकार सम्मेलन गरेर घटनामा संलग्न अन्य ६ जनालाई भने सार्वजनिक गरेको हो ।
आज सार्वजनिक हुनेहरुमा भीमबहादुर तामाङ, निमा तामाङ, बुद्धिबहादुर गोले, प्रेम तामाङ, सुरेश लामा र सागर लामा रहेका छन् ।

महानगरीय प्रहरी आयुक्तको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरीले उनीहरुलाई सार्वजनिक गर्दै प्रेम तामाङ, सागर लामा र सुरेश लामाले बबरमहलमा बम राख्ने कार्यमा संलग्न रहेको र निमा तामाङ, भीमबहादुर तामाङ र बुद्धिबहादुर गोलेले विस्फोट गराउने स्थान छनौट, बम बनाउने र योजना बनाउने काम गरेको जनायो ।

प्रहरीले उनीहरुलाई पक्राउ गर्दा उनीहरुको डेराबाट जिलेटिनको १० गोला, बम बनाउन प्रयोग हुने प्रेसर कुकर तथा पाइपका टुक्रहरु समेत बरामद गरेको जनाएको छ । उनीहरु सोही कोठामा बसेर उपत्यकाका अन्य स्थानमा समेत बम विस्फोटको योजना बनाइरहेको प्रहरीको भनाई छ ।

केही दिन अघि मौ राजधानीको मुख्य प्रशानिक निकाय सिंहदरबार नजिकै बबरमहलमा रहेको नेपाल आयल निगमको मुल गेटमा बम बिस्फोटन गराइएको थियो ।

सो घटनामा तीन जनाको मृत्यु भएको थियो भने आधा दर्जन भन्दा बढी घाइते भएका थिए । घटनापछि अनुसन्धानका लागि एक टोलि समेत खटाईसकिएको छ । तर घटनाका मुख्य दोषी देवराज लामा भने अझै फरार छन् ।

0 comments:

Post a Comment