विद्युत् उत्पादन घट्यो, लोडसेडिङ बढ्दै

By
Advertisement
मङ्गलवारे (इलाम), २० मङ्सिर । जिल्लामा नियमितरूपमा विद्युत् उत्पादन गरिरहेको दुई वटा विद्युत् गृहको उत्पादन आधा घटेको छ ।

इलामको गोदक गाविसमा रहेको हिमाल दोलखा हाइड्रोपावर र इलाम नगरपालिकाको पूवाखोलाबाट आधा मात्र विद्युत् उत्पादन भएको हो ।

हिउँद यामसँगै पूवाखोला र माइखोलामा पानीको सतह घटेपछि विद्युत् उत्पादनमा कमी आएको हो ।
नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको पूवाखोला विद्युत् गृहको ६.२ मेगावाट उत्पादन क्षमता भएपनि अहिले तीन मेगावाट मात्रै उत्पादन भइरहेको प्राविधिक महेन्द्र थापाले जानकारी दिनुभयो ।

यस्तै ४.५ मेगावाट क्षमताको हिमाल दोलखा हाइड्रोपावरले सञ्चालन गरेको साना माइखोला जलविद्युत् आयोजनावाट १.८ मेगावाट मात्र विद्युत् उत्पादन भइरहेको जनाएको छ । पानीको बहाव कम भएकाले यहाँका तीन मेसिनमध्ये दुई वटामात्र सञ्चालनमा छ ।

सुख्खायामको सुरूस“गै विद्युत् आयोजनाले पानी कम भएका कारण विद्युत् उत्पादन घटेको बताइएको छ । असोज पहिलो सातादेखिनै पानी नपरेकाले खोलामा पानीको सहत घट्न गई विद्युत् उत्पादनमा ह्रास आएको हिमाल दोलखा हाइड्रोपावरका प्राविधिक भोजराज नेपालले बताउनुभयो ।

खोलामा निरन्तर केही पानी छाड्नुपर्ने भएकाले उत्पादन घट्न गएको कर्मचारीको भनाइ छ । केन्द्रले खपत बढी हुने समय दिउ“सो ३.१ मेगावाट उत्पादन गर्छ । वर्षा नभए अझै उत्पादन घट्न सक्ने ती विद्युत् गृहले जनाएका छन् ।


दुई वर्षदेखि निरन्तर विद्युत् उत्पादन गरिरहेको हिमाल दोलखाले हालसम्म लक्ष्यअनुरूप उत्पादन गर्न सकेको छैन ।

जिल्लाका ग्रामीण भेगमा सञ्चालित विद्युत् आयोजनाको समेत उत्पादन घटेको बताइन्छ । रासस

नेपाल बिद्युत प्राधिकरणले पुन: लोडसेडिङ बढाउने तयार गरेको खबर प्राप्त भएको छ | स्रोतको अनुसार प्राधिकरणले बिहानी १ घण्टा लोडसेडिङ बढाउने तयारी गरेको छ |

0 comments:

Post a Comment