
स्थानीयका अनुसार कठाङ्ग्रिएर इटारीप्रसाही– ४ की ७० वर्षीया सानोदेवी महरा, वडा नम्बर ६ की ६७ वर्षीया फेकनी मण्डल र ७२ वर्षीया लक्ष्मीदेवी मण्डल, वडा नम्बर ९ की ६० वर्षीया मिथिला मण्डल र ७० वर्षीया कैलीदेवी मण्डलको मृत्युभएको हो ।
इटारीप्रसाही– ४ कै आठ वर्षीया बालिका ममताकुमारी महराको पनि चिसोले कठाङ्ग्रिएर मृत्युभएको छ । न्यानो कपडाको अभावमा दलित बालबालिका र महिलाको ज्यान जाने गरेको स्थानीय सुमित्रा मण्डलले बताउनुभयो ।
चिसो अत्यधिक बढेको र आर्थिक अभावका कारण न्यानो कपडा किनेर लगाउन नसकेका दलित वृद्धवृद्धा तथा बालबालिका बढी प्रभावित बनेको स्थानीय बताउँछन् । रासस
0 comments:
Post a Comment