
गोलबजार (सिरहा), २४ कात्तिक । सिरहाको सीमावर्ती गाविस इटहर्वाबाट प्रहरीले भारतबाट लागुऔषध भित्र्याउने एक जनालाई आज बिहान पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तामासुईया भगवतीपुर–७ का ३८ वर्षीय बद्री साह छन् । साहबाट १०० भाइल फोर्टविन, ५०÷५० थान डाइजिपाम र फेनार्गन, ४० थान बुनिजेसिज, १० थान नोरफिन नामक लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक राजकुमार शाहीले बताउनुभयो ।
प्रहरी निरीक्षक शाहीका अनुसार पक्राउ परेका साह भरिया हो की सेवनकर्ता खुल्न सकेको छैन । साहलाई लागुऔषध ओसारपोसार ऐनअनुसार कारबाही गर्ने प्रहरीले जनाएको छ ।
प्रहरीले ठाडी, बरियारपट्टी, माडर, कचनारीलगायतका नाकामा कडाइ गरेपछि लागुऔषधसहित कारोवारीहरु धमाधम पक्राउ पर्न थालेका छन् । रासस
0 comments:
Post a Comment