वाईवाई चाउचाउ र नेबिको बिस्कुटमा छैन गुणस्तर

By
Advertisement

चौधरी ग्रुपको वाईवाई चाउचाउ र नेबिको प्रालिको नेबिको बिस्कुट गुणस्तरविहीन भएका छन्। ती सामानलाई प्रयोग गर्न दिइएको नेपाल गुणस्तर चिह्न स्थगित गरिएको छ।



गत जेठ मसान्तमा नै यो निर्णय गरिएको भए पनि कम्पनी र अधिकांश मिडियाले लुकाउन खोजेकाले धेरैले थाहा पाएका थिएनन्। गुणस्तर चिह्न वितरण, नियमन र जाँच गर्ने नेपालको आधिकारिक निकाय नेपाल गुणस्तर तथा नापतौल विभागको ‘गुणस्तर’ पत्रिकामा उल्लेख भएपछि यो कुरा कसैले लुकाउन नसक्ने गरी खुलेको हो ।

गुणस्तर चिह्न स्थगित गरिएकाले यदि अब ती कम्पनीले गुणस्तर चिह्नसहित उत्पादन गरेर बजारमा पठाउँछ भने त्यो गैरकानुनी हुन्छ।


गुणस्तर पत्रिका- यसैमा छ वाईवाई र नेबिको बिस्कुटको गुणस्तर चिह्न खारेज गरिएको जानकारी।


मेरो संसारमा कमेन्ट गर्नेहरुले अस्ट्रेलियामा नेपाली वाईवाई गुणस्तर नभएको भन्दै धेरै महिना अगाडी नै ब्यान्ड गरिएको लेखेका छन् |
साभार : मेरो संसार

0 comments:

Post a Comment