बढ्न थाल्यो डलरको भाउ

By
Advertisement

केहि दिन देखि निरन्तर घटेर ८२ रुपैया ९९ पैसा सम्म पुगेको डलरको मूल्य फेरी बढ्न थालेको छ |

गत चार दिनमै डलरको मूल्य बढेर १ डलर = ८५.२३ रुपैया भएको छ |

भारत सरकारले आर्थिक सुधारको थापा नीति ल्याए पछि डलरको मूल्य बढ्न थालेको समाचार प्रकाशनमा आएको छ |



भारतीय रुपैया संग नेपाली रुपैयाको स्थिर बिनिमय दर(१०० भारतीय बराबर एकसय ६० नेपाली रुपैयाँ) हुनाले भारतीय बिनिमय बजारमा डलर बलियो हुदा नेपालमा पनि त्यसको असर पर्ने गर्छ |

डलर संग नेपाली रुपैया कमजोर हुँदा बिदेस बाट नेपाल भित्रिने सामान महँगो हुन जान्छ भने पढ्ने,घुम्न र स्वास्थ्य उपचारका लागि बाहिर जानेले धेरै नेपाली रकम तिर्नु पर्ने हुन्छ भने डलरमा तलब लिने र बाहिर बाट डलरमा रकम पठाउने हरुलाई भने यसले फाइदा पुग्छ |

0 comments:

Post a Comment