२६ असोज, काठमाण्डौ । युरोपेली कम्पनी टेलिया सोनेराको लगानी रहेको नेपालको मोबाइल कम्पनी एनसेलले अबैध तरिकाले सेयर खरिद गरेको खुलासा एक युरोपेली पत्रिकाले गरेको छ ।स्वीडेनको पत्रिका भेकान्स अफयेरले टेलिया सोनेराले तत्कालिन नेपाल स्याटेलाइट कम्पनीको सेयर किन्दा अपारदर्शी तरिकाले लगानी गरेको, त्यतिबेलाका सेयर स्वामित्व सम्बन्धी कागजात कम्प्नी रजिष्टार्डको कार्यालय र नेपाल दूरसंचार प्राधिकरणबाट मिलेमतोमा गायव पारिएको दावीसहित रिपोर्ट प्रकाशित गरेको छ ।
सन् २००८ मा तत्कालिन मेरो मोवाइलको ५१ प्रतिशत सेयर किनेको टेलिया सोनेराले अहिलेसम्म त्यो सेयर कोबाट किनेको थियो र त्यसको बास्तविक हकदार को थियो भन्ने नखुलाएको रिर्पोटमा उल्लेख छ । टेलिया सोनेराले तत्कालीन राजा ज्ञानेन्द्रका ज्वाईं राजबहादुर सिंहबाट ५१ प्रतिशत सेयर किन्दा ४ अर्ब २० करोड रुपैयाँको डील गरेको भएपनि त्यसलाई पारदर्शी नबनाएको पत्रिकाले जनाएको छ ।
सन् २००० मा खेतान समूहले मोवाइल संचालनको लाइसेन्स लिने प्रकृया सुरु गरेको थियो । तर, सन् २००४ मा कसरी एकाएक राजबहादुर ९५ प्रतिशतको हिस्सेदार हुँदै आए भन्ने प्रश्न उठाउँदै पत्रिकाले टेलिया सोनेराले नै राजबहादुरलाई पैसा दिएर सेयर किन्न लगाएको हुनसक्ने बताएको छ ।
धेरै नियम कानुन मिचेर राजबहादुरलाई सेयर होल्डर बनाइएपनि कम्पनी रजिष्टारको कार्यालय र नियमक निकाय नेपाल दूरसंचार प्राधिकरणबाट ती सन् २००५ सम्मका कम्पनीसँग जोडिएका कागजात गायव पारिएको पत्रिकाले जनाएको छ ।
सन् २००४ मा लाइसेन्स पाउँदा ९५ प्रतिशतका मालिक राजबहादुर त्यसको ३ महिनापछि नै ३८ प्रतिशतमा झरेको र बाँकी सेयर दुई कम्पनीमा ट्रान्सफर गरियो-रेनोल्डस होल्डिङ लिमिटेड, जुन कर तिर्नुनपर्ने क्यारेबियन ठाउँ सेन्ट किट्समा दर्ता छ, उसले ४० प्रतिशत र साइप्रसमा दर्ता भएको कम्पनी दाल्टोट्रेड लिमिटेडलाई १७ प्रतिशत र बाँकी ५ प्रतिशत सेयर स्पाइस सेल कै रहेको जानकारी प्राधिकरणलाइ दिइयो ।
छोटो समयमा देखाइएको सेयर संरचना परिवर्तन केवल कागजीमात्र भएको र वास्तविक मालिकमा कुनै परिवर्तन नभएको पत्रिकाको दावी छ । सन् २००८ मा टेलिया सोनेराले ५१ प्रतिशत सेयर किनेको सन् २०१० मा ८० प्रतिशत पुर्याएको भएपनि त्यो सेयर कोबाट किनेको थियो भन्ने अहिलेसम्म खुलाएको छैन् ।
सन् २००८ मा दूर सञ्चार प्राधिकरणलाई दिइएको अर्को रिपोर्टिङमा स्वामित्वको संरचना पुनः परिवर्तन भएको भनियो। अब रेनोल्ड्सले आफ्नो स्वामित्व बढाएर ६० प्रतिशत बनायो । साइप्रसको डाल्टोट्रेडले पनि बढाएर २० प्रतिशत पुर्यायो । साथमा एउटा अहिलेसम्म नसुनिएको कम्पनी पनि थपियो, सिनर्जी नेपाल २० प्रतिशत शेयरका साथ । यो कम्पनीका पछाडि स्थानीय व्यापारीहरुको समूह रहेको बताइन्छ, तर उनीहरु ठ्याक्कै को को हुन्, कागजातमा खुलाइएको छैन । यसको वास्तविक कारण कागजी रुपमा २० प्रतिशत सेयर स्थानीय साझेदार छन् भनी देखाउनु रहेको देखिन्छ ।
सेप्टेम्बर २००८ मा टेलियासोनेराले स्पाइस नेपालको नियन्त्रण रेनोल्ड्स, डाल्टोट्रेड र सिनर्जी नेपालबाट लिएर कम्पनी किन्यो । त,र टेलिया सोनेराको रिपोर्टले यस्तो भन्दैन । टेलिया सोनेराले आर्थिक र कानुनी कुराहरुलाई लुकाएर कम्पनी वास्तवमा कसको स्वामित्वमा छ भन्ने कुरा बताएको छैन ।
त्यसो भए टेलिया सोनेराले के बताउँछ त ?
टेलिया सोनेराले कजाखस्तानको लगानी कम्पनी भिसोर ग्रुपबाट टेलिया सोनेरा एसिया होल्डिङ्ग बीभीमार्फत् ५१ प्रतिशत सेयर किन्दैछ । यसका लागि ३.२ बिलियन खर्च गरिनेछ । कारोबार होल्डिङ स्ट्रक्चरमा गरिनेछ, जसमा नेदरल्यान्डसको टेलियासोनेरा एसिया होल्डिङ बिभी, नर्वेको टेलिया सोनेरा नर्वे नेपाल होल्डिङ एएस हुनेछ ।
नर्वेली होल्डिङ कम्पनीले रेनोल्डस होल्डिङ लिमिटेड (जुन वेस्ट इन्डिजको सेन्ट किट्समा छ)को सात प्रतिशत स्वामित्व लिनेछ । रेनोल्डस कम्पनीले स्पाइस नेपालको ८० प्रतिशत सेयर लिएको छ । बाँकी २० प्रतिशत स्थानीय व्यापारीहरुको सेयर छ ।
किन लुकायो टेलिया सोनेराले कुरा ?
राजबहादुर सिंहले टेलिया सोनेरालाई कम्पनी बेचेको कुरा लुकाएर उसले भिसोर ग्रुपको नाम लिएको छ । यो डिलको बारेमा कम्पनीले सार्वजनिक जानकारी दिँदा स्पाइस नेपाल भिसोर ग्रुपको मात्र रहेको बताइएको थियो । अनि यो कम्पनी वास्तवमा उनीहरुले कहिले किनेका थिए भन्ने पनि जानकारी दिइएन । साइप्रसमा दर्ता गरिएको दाल्टोट्रेड कम्पनी पनि राजबहादुर सिंह र उनको परिवार कै भएको विश्वास गर्न सकिन्छ । पछि त्यो कम्पनीले आफ्नो सेयर भिसोर ग्रुपलाई बेचेको थियो ।
अर्को शब्दमा, टेलिया सोनेराले विभिन्न कम्पनीहरुलाई संलग्न गराएर भारतीय-नेपाली स्वामित्वको ग्रुपलाई हाइज्याक गरी राजबहादुर सिंहले खरिद गरेको कम्पनी किन्न प्रयोग गर्यो । स्पाइस नेपालको ५१ प्रतिशत सेयरका लागि टेलिया सोनेराले सन् २००८ मा ३.२ बिलियन भुक्तान गर्यो । सन् २०१० मा टेलिया सोनेराले आफ्नो सेयर स्पाइस नेपालमा बढाउने बतायो र थप १.१ बिलियन खर्च गर्यो । अहिले एनसेल पूर्ण रुपमा टेलियासोनेराको नियन्त्रणमा छ । २० प्रतिशत सेयरका साथ स्थानीय साझेदारको रुपमा निरजगोविन्द् श्रेष्ठ छन्, जसको सम्बन्ध सिनर्जी नेपालसित छ ।
कहाँ भयो बदमासी ?
पत्रिकाले टेलिया सोनेरामाथि मुलत तीनवटा प्रश्न उठाएको छ । टेलिया सोनेराले आफुले भिसोर नामक कम्पनीबाट सेयर किनेको र भिसोरले सन् २००६ देखि नै स्पाइस नेपालको सेयर किनेको दावी गरेको छ । तर, पत्रिकाले यी तीन मुल बिषय उठाएको छ ।
टेलिया सोनेराले भिसोरबाट सेयर किनेको भए भिसोर कम्पनी कम्पनी कसको थियो र एनसेलले दिएको पैसाको वास्तविक हकदार को थिए ? पत्रिकाले भिसोरमा पनि राजबहादुर सिंहकै लगानी रहेको दावी गर्दै त्यस्तो अबस्थामा टेलिया सोनेराले भ्रष्टाचार गरेको ठहर्ने दावी गरेको छ ।
त्यससँगै जोडिएको अर्को प्रश्न-त्यो कम्पनीसँग जोडिएका अन्य सेयर होल्डरहरु अचानक कसरी गायव भए ? टेलिया सोनेरासँग डील हुनुअघिसम्म उनीहरुको सूची सेयर होल्डरका रुपमा हुन । तर, टेलिया सोनेराले किन्नासाथ उनीहरुको नामोनिसाना नहुनुमा कतै ती टेलिया सोनेराकै प्रोक्सी कम्पनी त थिएनन भनी पत्रिकाले प्रश्न उठाएको छ । साइप्रसमा रहेको डाल्टोट्रेड कम्पनीको पछाडी को थियो ? अनि ब्रिटिस आइल्याण्ड कम्पनीमा दर्ता भएको जोदार कम्पनी कसको थियो जो एनसेलको सेयर खरिद प्रकृयामा सहभागी थियो ?
खेतान र स्पाइस इण्डियाको सेयर रहेको कम्पनीको ९५ प्रतिशत सेयर राजबहादुरले अनधिकृत तवरबाट किनेको भन्दै पत्रिकाले किन त्यस्तो कम्पनीको सेयर किनेको भनी प्रश्न गरेको छ । एनसेलले भ्याट छली गरेको अभियोगमा नेपालको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको भन्दै उसले त्यसबारे किन प्रमुख कार्यकारी अधिकृतले झुटो बोले भनी प्रश्न गरेको छ ।स्वीडीस पत्रिकाको यो खुलासाले टेलिया सोनेराले नेपालको एनसेलमा गरेको लगानी अबैध र अपारदर्शी रहेको प्रष्ट पारेको छ ।
नखुलेका अन्य कुरा
सन् २००४ मा राजबहादुरले ९५ प्रतिशत सेयर किन्ने प्रकृयादेखि नै गैरआवासीय नेपाली उपेन्द्र महतो यो कम्पनीमा संलग्न छन् । केही महिना अघि मात्र उनी आफ्नो स्वामित्वमा रहेको २० प्रतिशत सेयर निरजगोविन्द श्रेष्ठलाई बेचेर कम्पनीबाट बाहिरिएका छन् । यो अबैध चलखेलमा उनको संलग्नताबारे भने पत्रिकाले केही खोलेको छैन् ।
पछिल्लो समयमा टेलिया सोनेराले नै हेलो नेपाल नामक कम्पनीको ७५ प्रतिशत सेयर किनेको छ त्यो पनि नियमक निकायलाई जानकारी नदिई । यसरी एउटै प्रकृतिका दुई कम्पनी किनेर क्रस होल्डिङ गर्न नपाइने कानुनी ब्यबस्था भएपनि टेलिया सोनेराले त्यसलाई चुनौती दिएको छ । हेलो नेपालको लाइसेन्सदेखि सेयर ७५ प्रतिशत किन्ने प्रकृयासम्म पनि टेलिया सोनेराको संकास्पद भूमिका छ जसका बारेमा अझै खुलासा हुन बाँकी छ ।
अनलाइन खबर

0 comments:
Post a Comment