आज हामी धेरै संग ल्यापटप छ, हामी धेरै ले ल्यापटपको सहारा लिदै इन्टरनेटको मार्फत संसारको एक कुना मा बसेर अर्को कुनामा भएको साथी संगै सजिलै कुरा गरिरहेका हुन्छौं तर हामी मध्ये थोरैलाई थाहा होला ल्यापटपको अबिस्कारक को भनेर | दुखको कुरा ल्यापटपको आविस्कार बिल मोग्रिज भर्खरै यस संसार बाट बिदा भएका छन् |
डेली मेलका अनुसार ल्यापटपको अबिस्कारक बिल मोग्रिजको ६९ बर्षको उमेरमा सेप्टेम्बर ८ मा निधन भएको हो |
उनि क्यान्सर रोग बाट पिडित थिए | २०१० देखि नेशनल डिजाइन म्यूजियममा कार्यरत उनको मृत्यु क्यान्सरको कारणले भएको जानकारी म्यूजियमले दिएको छ |
ब्रिटिश मुलका टप ब्यबसायीक डिजाइनर मोग्रिजले ग्रिड कम्पास नामक को ल्याप्टप को डिजाइन गरि बिश्वमा ल्यापटप डिजाइनको सुरुवात गरेका थिए | १९७९ मा डिजाइन गरिएको उक्त ल्यापटप केहि समय अमेरिकी सेनाले प्रयोग गरेको थियो भने १९८५ मा अन्तरिक्ष यान " डिस्कवरी "मा यसलाई प्रयोग गरिएको थियो | यस ल्यापटपको मूल्य ८ हजार १ सय ५० डलर राखिएको थियो |

THE FIRST LAPTOP
The Grid Compass cost $8,150 in 1982
Processor: Intel 8086 processor
Screen: 320 × 240-pixel yellow and black display
Memory: 340-kilobyte magnetic bubble memory
Communications: 1,200 bit/s modem
यो ल्यापटप म्याग्नेसियम बाट बनेको थियो भने यसको बिशेषता भनेको यसको स्क्रिन की बोर्डको माथि आएर बन्द हुने गर्थ्यो, जुन अहिलेको ल्यापटपमा पनि छ |

मोग्रिशले १९६९ मा लण्डनमा एक डिजाइन कम्पनीको स्थापना गरेका थिए | उनले २००६ मा 'Designing Interactions" र २०१० मा "Designing Media" नामको किताब पनि लेखेका थिए |

0 comments:
Post a Comment