आयो आइफोन ५, २१ तारिख देखि बजारमा (फोटो फिचर )

By
Advertisement
निक्कै नै प्रतीक्षा गरिएको एप्पलको नया मोबाइल फोन आइफोन-५ सार्बजनिक भएको छ | केहि अघि हामीले फ्री संसारमार्फत एप्पलको आइफोन-५ को लिक भएका तस्बिरहरु प्रकाशित गरेका थियौ |

एप्पलको आइफोन संग सामसुङ ग्यालेक्सी निकै खरो रुपमा उत्रिएको छ | विभिन्न देशहरुमा यी दुइ कम्पनि बिच कपिराइट को मुद्धा पनि चलिरहेको छ | यस्तै झमेला नै झमेला बिच आएको यो आइफोन कस्तो छ त हेर्नुहोस |


एप्पलका पमुखकार्यकारी अधिकारी टम कुकले गए राति सान फ्रान्सिस्कोमा एप्पलको नया आइफोन सार्बजनिक गरेका हुन् |
आइफोन फोरएस भन्दा केहि फरक आइफोन ५मा स्क्रिन ५ इन्च को छ भेने यसको उचाई पनि ४.८७ इन्च छ |
आइफोन ५ (दाया ) र आइफोन ४ एस(बाया) बिच तुलना गर्दै  


फोर एस मा डिस्प्ले साइज ९६०×६४० पिक्सेल थियो भने आइफोन ५ मा १३३६×६४० पिक्सेल बनाइएको छ | आइफोन ५ मा आइफोन फोएस भन्दा ठूलो स्क्रीन, पातलो साइज, दोब्बर क्षमताको प्रोसेसर, थप एप्लिकेसनहरु राखिएको छ |

आइफोन ५ मा ए ६ प्रोसेसर राखिएको छ जुन फोर एस मा राखिएको ए ५ भन्डा दोब्बर क्षमताको छ | अरु भर्सन भन्दा केहि हलुका समेत रहेको यो आइफोन ११२ ग्राम छ | यस्मा ८ मेगा पिक्सल क्यामेरा राखिएको भए पनि यसले २८ मेगापिक्सेलको प्यानोरमा तस्बिर खिच्न सक्छ |


यो पटक एप्पल निक्कै सस्तो पनि भएको देखिएको छ | एप्पलले १६ जीवीको आईफोन ५ जम्मा १ सय ९९ डलरमा उपलब्ध गराउने भएको छ भने ३२ जीवी क्षमताको आइफोनलाई २ सय ९९ र ६४ जीवी क्षमताको आइफोनलाई ३ सय ९९ डलरमा बिक्रि गर्ने भएको छ |

सरसर्ती हेर्दा सामसुङ ग्यालेक्सीले सस्तो मुल्यमा सजिलै उपलब्ध हुने गरी बिक्रि गर्न थाले पछि एप्पलको बजार पनि लिएपछि एप्पल आक्रामक भइ यति सस्तो मुल्यमा आइफोन उपलब्ध गराएको हो भन्ने अनुमान गर्न सकिन्छ |

0 comments:

Post a Comment