आजको बन्द बिहान १० बजे सम्म मात्रै

By
Advertisement
१२ विद्यार्थी संगठनले आह्वान गरेको बिहान ६ बजे देखि १२ बजे सम्मको बन्द बिहान १० बजे देखि खुल्ने भएको छ |

बिहान ६ बजे देखि १२ बजे सम्म बन्द हुने भनिए पनि गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको निधनको कारणले गर्दा बिहान १० बजे सम्म मात्र बन्द गरिएको छ |

सिंहप्रति श्रद्धाञ्जली अर्पण गर्न बन्दको अवधि छोट्याईएको जानकारी नेविसंघका नेता यूपी लामिछानेले दिएका छन् |

बन्दको कारण काठमाडौ सहित देशका मुख्य सडकमा गाडीहरु बिहानै देखि चलेका देखिएका थिएनन | सडकका भित्रि भागमा रहेका तथा मुख्य सडकका बाहेक केहि पशलहरु खुलेको देखिए पनि बिहान स्कुल क्याम्पस तथा धेरै पशलहरु खुलेका थिएनन |

सरकारले बिद्यार्थीहरुलाई पेट्रोलियम पदार्थमा असोज १ गते देखि छुट दिने भने पनि मूल्य वृद्धि फिर्ताको माग गर्दै विद्यार्थी संगठनहरुले आज दिउसो १२ बजे सम्म बन्दको आह्वान गरेका थिए |

0 comments:

Post a Comment