गणतन्त्रवादी नेता सिंहको निधन, राजकीय सम्मान सहित अन्तेष्टि गरिने

By
Advertisement
१० दिन अघि स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना हुनु भएका गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको शिक्षण अस्पताल महाराजगन्जमा आज बिहान ६ मृत्यु भएको छ |

उनको स्वास्थ्य अवस्था अति नै गम्भीर भए पछि हिजो भाद्र २६ गते, मंगलबार शिक्षण अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा राखि उपचार गर्न थालिएको थियो |

सिंहको मृत्यु भए पछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल शिक्षण अस्पताल गइ सिंहका छोरा मनोजलाइ भेटेर फर्केका छन् भने सरकारले सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने तयारी गरेको छ ।

लामो समयदेखि पर्किन्सन, मुटु, पिठ्युँ दुख्ने लगायत रोगबाट पीडित ७७ वर्षे सिंहको मल्टिपल अर्गान फेलिएर भएर मेर्त्यु भएको अस्पतालका चकित्सकले बताएका छन् |

अस्पतालका अनुसार सिंहको मुटु, मिर्गौला, फोक्सोसहित महत्वपूर्ण अंगमा समस्या देखिएको र ति अंगले बिस्तारै काम गर्न छाड्दै गएका थिए |

१९३६ मा सप्तरी जन्मेका सिंहले पंचायत कालमै पनि गणतन्त्रको पक्षमा खुलेर वकालत गर्ने गरेका थिए | सिंहलाइ २०४२ सालको बमकाण्डमा संलग्न रहेको भन्दै अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो । २०४७ सालमा प्रजातन्त्रको पुनर्स्थापना पछि पछि उनको मृत्युदण्डको सजाय फिर्ता भएको थियो |

गणत्रन्तबादी नेता भन्दै उनलाई माओबादी नेपालको प्रथम राष्ट्रपतिको उम्मेदवार बनाएको थियो | तर राष्ट्रपति रामवरण यादवले उनलाई पराजित गरि नेपालको पहिलो राष्ट्रपति बनेका हुन् |
तस्बिर: कान्तिपुर

0 comments:

Post a Comment