लोहोरो प्रहार गरि श्रीमतीको हत्या

By
Advertisement
धुर्कोट् (गुल्मी), २६ भदौ । गुल्मीको दर्लामचौर गाविसमा आज दिउँसो श्रीमानद्धारा श्रीमतीको लोहोरो प्रहार गरी हत्या भएको छ ।

दर्लामचौर गाविस–९ निवासी ३५ वर्र्षीय चन्द्रबहादुर कुमालले आफ्नै ३२ वर्र्षीया श्रीमती हरिकला कुमालसँग घरायसी झगडा हुँदा लोहोराले टाउकोमा हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

सामान्य झगडापछि लोहोरो प्रहार गरेर श्रीमतीको हत्या गरेपछि भाग्दै गरेका कुमाललाई प्रहरीले पक्राउ गरेको छ । श्रीमतीको हत्या गरेपछि छोराछोरीले हारगुहार गरेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख जितेन्द्रकुमार बस्नेतका अनुसार अस्थायी प्रहरीपोष्ट धनार्जीको टोलीले भाग्दै गर्दा जङ्गलबाट पक्राउ गरेको थियो ।

कुमालका १० वर्ष मुनिका दुई छोरा र एक छोरी रहेको स्थानीय तोयानाथ सापकोटाले बताउनुभयो । रासस

0 comments:

Post a Comment