बलात्कार गर्न आएकाको लिङ्ग काटेपछि ...

By
Advertisement
सप्तरीको मधवापुर गाविसमा एक महिलाले एक छिमेकीको लिङ्ग काटिदिएकी छिन् ।

मधवापुर गाविस–९ की २८ वर्षीया अन्जुदेबी कामतले तरकारी काट्ने चक्कुले छिमेकी ३८ वर्र्षीय ब्रह्मानन्द भुस्कुलिया यादवको लिङ्ग काटिदिएकी हुन् ।



लिङ्ग काटिएपछि रक्ताम्य हात लिएर कामत इलाका प्रहरी कार्यालय भारदह पुगेको त्यहाँ मुद्दा नचल्ने भएपछि अनुसन्धानका लागि भारदह प्रहरीले उनलाई इलाका प्रहरी कार्यालय कञ्चनपुर पुर्‍याएको थियो ।

लिङ्ग काटिएर गम्भीर घाइते भएका यादव भने बेपत्ता छन् ।

घरमा छोराछोरीसँग सुतिरहेको बेला गएराति १:३० बजे एक्कासी कोठाभित्र प्रवेश गरी मुख थुनेर बलात्कार गर्न खोज्दा आत्मरक्षाका लागि तरकारी काट्ने चक्कुले लिङ्ग काटेपछि चिच्याउँदै यादव भागेको महिलाले प्रहरीसमक्ष बताएको प्रहरी सहायक निरीक्षक पशुपति ढुङ्गानाले बताउनुभयो ।

महिलाका श्रीमान् शुभनारायण कामत एक महिनादेखि रोजगारीका लागि भारतको पञ्जाबमा छन् । रासस

0 comments:

Post a Comment