
उत्तरी चीनमा रहेको फक्सकन टेक्नोलोजीको एक प्लान्टमा मजदुर बिच कुटाकुट भएपछि त्यहाँ एप्पलका प्रोडक्टको बिक्रीवितरण रोकिएको छ |
एप्पलको प्रमुख वितरक मद्ये एक वितरक कम्पनि फक्सकन टेक्नोलोजीमा करिब २००० भन्दा बढी कामदार बिच झगडा भएको थियो |
उक्त कम्पनिमा भएको झगडाले उग्र रुप लिदा १० जनाको मृत्यु हुनुका साथै ४० जना भन्दा बढी घाइते भएको द सन् ले जनाएको छ |
कम्पनीमा झगडा साम्य पार्न ५००० जति प्रहरी खटाइएको थियो | प्रहरीले केहि कामदारलाइ हिरासतमा लिएको छ |
चीनकै एक ठुलो रोजगार कम्पनि फक्सकन टेक्नोलोजीमा यो भन्दा अघि पनि काम गर्ने बाताबरण कमजोर भएको भनेर विवादमा परेको थियो |
कम्पनीले कुटाकुट हुनुको कारण थाहा नभएको जनाएको छ भने प्रहरीले यसबारे अनुसन्धान गरिरहेको बताएको छ |

0 comments:
Post a Comment