युवकको लाश गोली हानी हत्या गरिएको अबस्थामा फेला

By
Advertisement

गोलबजार (सिरहा), २९ भदौ । सिरहाको धनगढीमा एक युवकको गोली हानी हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

धनगढी गाविस–५ का ३५ वर्षीय शिवकुमार साहको हत्या भएको हो । साहको मुखमा गोली लागेको छ । हत्या गरिएको स्थान इलाका प्रहरी कार्यालय धनगढी नजिकै भए पनि हत्या कसले र कसरी गरेको भन्ने विषयमा केही खुल्न सकेको छैन ।


हिजोदेखि नै बेपत्ता साहको गएराति हत्या गरी धनगढी–१ मा फालिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक राजकुमार शाहीले जानकारी दिनुभयो । हत्या गरिएको स्थान उनको आफ्नै घरदेखि दुई किलोमिटरमात्र टाढा छ ।

घटनास्थलबाट प्रहरीले तीन थान चिनियाँ पेस्तोलको खोका र एक थान थ्री नट थ्री राइफलको खोका बरामद गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शाहीले जानकारी दिनुभयो । -रासस

0 comments:

Post a Comment