एप्पल संगको मुद्धामा हारे पनि बजारमा जित्दैछ सामसुङ

By
Advertisement
पछिल्लो समय प्रविधि चोरेको भन्दै स्मार्ट फोनका दुइ ठुला कम्पनि एप्पल र सामसुङ बिच निक्कै आरोपप्रत्यारोप चलिरहेको छ | एक ले अर्को कम्पनीको बिरुद्ध प्रविधि चोरेको भन्दै विभिन्न देशहरुमा मुद्धा दायर गर्ने कार्य भैरहेको छ |
केहि समय अघि सामसुङले अमेरिकामा एप्पल बिरुद्धको मुद्दामा हार बेहोरेको थियो र १ अर्ब डलर भन्दा बढी रकम तिर्नु पर्ने निर्णय भएको थियो | तर सामसुङले यो निर्णयलाई स्वीकार भने गरेको थिएन |

तर अमेरिकाको फोन बजारको बारेमा तथ्यांक राख्ने एक वेब साइट अनुसार सामसुङको ग्यालेक्सी एस थ्री ले आइफोन फोर एसलाई पछाडि पारेको छ | एक वर्ष अघि बजारमा आएको आइफोन फोर एस लाइ केहि महिना अघि मात्र बजारमा आएको ग्यालेक्सी एस थ्री ले अमेरिकामा नै पछाडि परेपछि स्मार्टफोन बजारमा खुल्दुली मच्चिएको छ |

एप्पलको आइफोन फोर भन्दा फोर एस खासै फरक नभएकोले र ग्यालेक्सी एस थ्री को बनावट देखि सबै नौलो भएको र एन्ड्रोइड सिस्टम राखेकोले सामसुङको ग्यालेक्सी एस थ्री ले आइफोन फोर एसलाई पछाडि पारेको हुन सक्ने विश्लेषकहरुको भनाइ छ |

केहि समय अघि नोकियालाई पछि परि सामसुङ बिश्वकै सबै भन्दा धेरै मोबाइल उत्पादन गरि बेच्ने कम्पनि भएको थियो | एप्पलले सेप्टेम्बर १२ मा आइफोनको नया भर्सन आइफोन ५ ल्याउदै छ | आइफोने ५ संग पनि टक्कर लिइ सामसुङले आफ्नो अहिलको बर्चस्व कायम राखी रहन सक्ला त ??

0 comments:

Post a Comment